अपडेट 
२०७९ चैत्र २९, बुधबार १५:१३

वाणिज्य बैंकहरूको ब्याजदर घटेको छ । नेपाल बैंकर्स सङ्घको बैठकले नयाँ वर्ष २०८० सालदेखि लागू हुने गरी ब्याजदर घटाउने निर्णय गरेको हो ।

अब ‘क’ वर्गका बैंक अर्थात् वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याज ९ दशमलव ९९ प्रतिशतसम्म मात्रै लिन पाउनेछन् । यसअघि १२ प्रतिशतसम्म ब्याज पाइरहेका निक्षेपकर्ताले अब बढीमा ९ दशमलव ९९ प्रतिशतमात्रै ब्याज पाउनेछन् । अहिले मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत छ । बचतको ब्याजदर पनि ९ प्रतिशतबाट न्यूनतम साढे ५ प्रतिशतसम्म आएको छ ।

निक्षेपको ब्याजदर घटेसँगै कर्जाको पनि ब्याजदर घट्नेछ । आउँदो असारसम्म बैंकहरूले निक्षेप र कर्जाबीचको अन्तर ४ प्रतिशतमा झार्नुपर्ने हुन्छ । अहिले ऋणीहरूबाट वाणिज्य बैंकहरूले १४ प्रतिशतभन्दा बढी ब्याज नलिएको दाबी गर्दै आएका छन् । अब कर्जा र निक्षेपबीचको अन्तर ४ प्रतिशतमा झारेमा ऋणीहरूले साँच्चै १४ प्रतिशत ब्याजदरमै ऋण पाउने एक बैंकरले बताएका छन् ।

Comment


Related News

Latest News

Trending News