अपडेट 
२०७९ चैत्र २९, बुधबार १७:२८

चैत १७ गतेबाट देशभर सुरु भएको परीक्षा आजबाट सम्पन्न भएको छ । परीक्षामा छिटफुट घटना बाहेक देशका ७७ वटै जिल्ला र जापानमा गरि दुई हजार ३७ परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न भएको नियन्त्रक श्रेष्ठले जानकारी दिनुभयो ।

यसवर्ष परीक्षामा कूल चार लाख ८४ हजार २२७ जना परीक्षार्थी सहभागी रहेको उहाँले जानकारी दिनुभयो । नेपालबाट विभिन्न रोजगारीको कारण जापान पुगेका नेपालीका १४ छोराछोरीले पनि यसवर्ष जापानबाटै एक परीक्षा केन्द्रबाट परीक्षा दिएका छन् ।

परीक्षाको नतिजा असार तेस्रो साता सार्वजनिक गरिने भएको छ । परीक्षा नियन्त्रक बिष्णु बहादुर श्रेष्ठले असार तेस्रो सातासम्म नतिजा सार्वजनिक गर्ने गरि कार्य योजना तयार पारेको बताउनुभयो । कुनै समस्या नआए असार दोस्रो सातामा पनि सार्वजनिक गर्न सकिने उहाँले बताउनु भयो ।

परीक्षामा सबैभन्दा धेरै बागमती प्रदेशमा एक लाख ६ हजार ९५९ विद्यार्थी र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार ३२९ परीक्षार्थी सहभागी भएका थिए । प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी थिए । परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका २ हजार ९८२ विद्यार्थी र ५० जना दृष्टिविहीन परीक्षामा सहभागी भएका थिए ।

Comment


Related News

Latest News

Trending News