अपडेट 
२०७९ चैत्र २९, बुधबार १७:४०

रौतहटको गरुडा नगरपालिकामा तालाबन्दी गर्न पुगेका एक समूह र प्रहरीबीच झडप भएको छ ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको छ । गोली लागेर आन्दोलनमा उत्रेका गजेन्द्र यादव घाइते भएका छन् । तर, प्रहरीले गोली नै लागेको कुरा पुष्टि नभएको बताएका छन् ।

नगरपालिकाले सूचना उपलब्ध नगराएको भन्दै दीपक यादव नेतृत्वको समूहले नगरपालिका अगाडि प्रदर्शन गरेको थियो । उनीहरुले नगरपालिकामा तालाबन्दी गर्न खोज्दा झडप भएको बताइएको छ ।

प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गर्दा पनि स्थिति नियन्त्रणमा आउन सकेको छैन । अहिले त्यहाँको अवस्था तनावग्रस्त छ ।प्रहरीले आन्दोलनको नेतृत्व गरिरहेका दीपकसहित केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

Comment


Related News

Latest News

Trending News