अपडेट 
२०७९ चैत्र ३०, बिहीबार ०७:२०

रौतहटको गरुडा नगरपालिकामा सार्वजनिक सुनुवाई रोक्न भएको प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच बुधवार झडप भएको छ ।

प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीले चलाएको गोलीले १ जना प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले चलाएको गोली लागेर प्रदर्शनकारीतर्फ गरुडा नगरपालिका वडा नम्वर ५ लक्ष्मीपुर गाउँका २२ बर्षीय युवक गजेन्द्र यादव घाइते भएका छन् । घाईते यादवको पाखुराबाट गोली आरपार भएपछि गरुडाकै हेल्थल्याण्ड होस्पिटलमा सामान्य उपचार पछि थप उपचारको लागि नारायणी अस्पताल वीरगंज पठाइएको छ । घाईते युवकको अवस्था सामान्य रहेको जनाउँदै गोली लागेर नै घाइते भएको सम्बन्धमा प्रहरीले पुष्टि गरेको छैन् । ढुंगा लागेर पनि घाइते भएको हुनसक्ने आशंका गर्दै इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी )छेदीलाल कामतीले गोली लागेर नै घाइते भएको वा नभएको बारे अस्पतालको रिपोर्ट आएपछि मात्र थाहा हुने बताए । झड्प भएपछि स्थितिलाई नियन्त्रणमा लिन १६ राउण्ड हवाइ फाएर गर्नु परेको डिएसपी कामतीले बताएका छन् ।

प्रदर्शनकारीहरुले प्रहार गरेको ढुंगा लागेर इप्रका गरुडामा कार्यरत प्रहरी निरीक्षक वीरेन्द्र पासवान सहित चार जना प्रहरी सामान्य घाइ्रते भएको डिएसपी कामतीले बताए । गरुडा नगरपालिकामा भ्रष्टाचार भएको आरोप लगाउँदै केही दिनदेखि विरोध कार्यक्रम मेयरका प्रत्याशी युवा दीपक यादवले गर्दै आएका छन् । त्यसै क्रममा यादवका समर्थक र प्रहरीबीच बुधवार जिल्लाको मध्य भाग गरुडामा दोहोरो झडप भएको हो । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)को टिकटमा गरुडा नगरपालिकाको मेयरमा चुनाव लडेका यादव हाल सामाजिक सञ्जालमा जय नेपाल लेख्ने गरेकाले नेपाली कांग्रेसमा प्रवेश गरेको बुझिन्छ ।यद्यपि उनले पार्टीको विषयमा औपचारिक रुपमा केही बोलेका छैनन् । स्थितिलाई नियन्त्रणमा लिन गरुडा प्रहरीले १६ राउण्ड हवाइफायर गरेको र चार राउण्ड अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ ।प्रहरीले विरोध प्रदर्शनको नेतृत्व गरेका दीपक यादवसहित चार जनालाई पक्राउ गरेको छ । गरुडा नगरपालिकाका मेयर कन्थमणी प्रसाद कलवारले चैत ३० गते सार्वजनिक सुनुवाईको कार्यक्रम घोषणा गरेका छन् ।त्यो कार्यक्रमलाई स्थगित गरी पहिले सूचना उपलब्ध गराउनुपर्ने माग गर्दै मेयरका प्रत्याशी यादवले बुधवार प्रदर्शन गरेका हुन् । आफूहरुले माग गरेको सूचना नगरपालिकाले नदिएको भन्दै दीपक यादवका समर्थकहरुले एक्कासी गरुडा नगरपालिकाको कार्यालयमाथि ढुंगामुढासमेत गरेका थिए ।

विरोधको नाममा ढुंगामुढा गरी सरकारी सम्पत्तिमाथि क्षति नपुर्याउनु भनी इलाका प्रहरी कार्यालय गरुडाका प्रहरीले आन्दोलनकारीलाई सम्झाउन जाँदा उल्टै प्रहरीमाथि नै ढुंगामुढा गर्दै आक्रमण गर्न थालेको प्रहरीले जनाएका थिए । प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि प्रहरी र आन्दोलनकारीबीच केहीबेर झड्प भएको थियो । यादवले गाउँलेहरुलाई साथमा लिएर नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न गरुडा पुगेका थिए । मानिसहरुको भीडलाई देखेपछि नजिकै रहेका इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक वीरेन्द्र पासवानको कमाण्डमा सुरक्षाकर्मीहरु नगरपालिकालाई सुरक्षा दिन पुगेका थिए । यादवको समूहले नगरपालिकाको कार्यालयमा ताला लगाउन खोज्दा उनीहरुलाई प्रहरीले रोकपछि भीड उत्तेजित भएको थियो । प्रदर्शनकारीहरु ढुंगामुढा गरेर नगरपालिकाको टिपर, मोटरसाइकल, कार्यालयको झ्यालमा क्षति पुर्याएका हुन् । प्रदर्शनकारीहरुले गरेको ढुंगामुढाबाट नगरपालिकाका एकथान टिपरसहित पालिका कार्यालय वरिपरी रहेका दर्जनौ सवारी साधनहरुमा क्षति पुगेको छ ।

प्रदर्शनकारीहरुले गरेको ढुंगा प्रहारबाट नगरपालिका कार्यालयको झयालको सिसाहरु फुटेका छन् । नगरपालिकाको जनप्रतिनिधिले अनियमितता वा भ्रष्टाचार गरेको छ भने बसेर छलफल वा न्यायिक ढंगबाट अघि बढ्नुपर्नेमा आन्दोलनको नेतृत्वकर्ता दीपक यादवले गाउँबाट भारी संख्यामा मानिस उचालेर ल्याएको र सरकारी सम्पत्तिलाई हानी नोक्सानी पु¥याउने जस्ता अराजक तथा उच्छृंखल गतिविधि गरेको भन्दै दीपक यादवसहित चार जना प्रदर्शनकारीलाई पक्राउ गरिएको रौतहटका प्रहरी उपरीक्षक एसपी वीरबहादुर बुढामगरले बताए ।

Comment


Related News

Latest News

Trending News