
नेपालबाट प्रकाशित हुने पत्रपत्रिकाको अनुगमन, वर्गीकरण गर्ने एकमात्र निकाय प्रेस काउन्सिल नेपालले नयाँ वर्ष २०८० को पूर्व सन्ध्यामा सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ को वर्गीकरणको मूल्यांकनमा मधेशको पहिलो ‘क’ वर्गको राष्ट्रिय दैनिक जनकपुर टुडेले निरन्तरता पाएको छ ।
काउन्सिलको मूल्यांकनमा जनकपुर टुडे निरन्तर राष्ट्रिय ‘क’ वर्गमा परेकोछ । पत्रिकालाई उच्च स्थानमा पु¥याउन सहयोग गर्ने सम्पूर्ण टुडेकर्मी, पाठक, विज्ञापनदाता, शुभेच्छुकहरुमा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि.ले हार्दिक बधाई र आभार प्रकट गरेको छ । टुडे ग्रुपले प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत लगायत काउन्सिल परिवारप्रति हार्दिक धन्यवाद प्रकट गरेको छ । जनकपुर टुडे प्रकाशन प्रारम्भ भएदेखि नै हालको मधेश प्रदेशका आठ जिल्लामा पाठकको विश्वास आर्जन गर्न सफल रहेको छ । कोरोना महामारीको विषम परिस्थितिमा पनि जनकपुर टुडेले आठवटै जिल्लामा निरन्तर सूचना प्रवाह गरेको थियो । आदरणीय पाठकहरुप्रतिको जिम्मेवारीलाई निष्ठापूर्वक निर्वाह गर्दै आएको जनकपुर टुडेको सफलताको प्रमुख आधार पनि पाठक नै हुन् । नयाँ वर्ष २०८० को शुभकामनासँगै सम्पूर्णमा हार्दिक बधाई ।