अपडेट 
२०८० बैशाख १, शुक्रबार ०७:१६

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बिक्रम संवत २०८० को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

उनले एक विज्ञप्ति प्रकाशित गरी नयाँ बर्ष २०८० प्रारम्भ भएको शुखद अवसरमा म प्रदेश, देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाईलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । उनले जारी गरेको विज्ञप्तिमा गरिबी हाम्रो प्रमुख समस्या रहेको उल्लेख गर्दै गुणस्तरीय शिक्षा र स्वास्थ्य हाम्रो प्रमुख आवश्यकता रहेको बताएका छन् । उनले प्रदेशको मुख्यमन्त्री भएर यसै दिसामा प्रयत्नशील रहेको बताउँदै नयाँ बर्षको आगमन संगै हामी सवै नायाँ जोस, नयाँ उमंग र नयाँ उत्साहका साथ आ–आफ्नो कर्म क्षेत्रमा जुटदै गएको बताए । मुख्यमन्त्री यादवले गत बर्षको अनुभवलाई शिक्षाको रुपमा ग्रहण गरी नयाँ बर्षमा अझ बढी मिहिनतका साथ कर्मक्षेत्रमा खरो उत्रदै प्रदेशको समृद्धि र सुशासनका निम्ति खट्न सवैलाई आग्रह गरेका छन् ।

Comment


Related News

Latest News

Trending News