अपडेट 
२०८० बैशाख १, शुक्रबार ०७:१८

महोत्तरीमा हतियारसहित दुई जना पक्राउ परेको छ । बिहीबार बर्दिबास नगरपालिका–८ बाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

बर्दिबास नगरपालिका–१४ नमुनाबस्तीका ४९ वर्षीय गणेश बहादुर मगर र सोही ठाउँका ३५ वर्षीय अविचन सदालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ । प्रहरीकोअनुसार उनीहरु बन्दुक लिइ सागरनाथ वन विकास परियोजनाको जंगलमा वन्यजन्तुको शिकार गर्न गएको थियो । प्रहरीले उनीहरुको साथबाट वनमाराको झारी भित्र फाईरिङ्ग भइसकेको भरुवा बन्दुक १ नाल र लोड भएको भरुवा बन्दुक १ नाल र सो भरुवा बन्दुकहरुमा प्रयोग हुने बारुद, फलामको छर्राहरु, सलाईको बट्टा काटी, कपडाको टुक्राहरु समेत फेला पारेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

Comment


Related News