अपडेट 
२०८० बैशाख १, शुक्रबार ०७:२३

शहीदनगर नगरपालिकाले प्रक्रिया विपरीत नियुक्त भएका १६ जना शिक्षकलाई हाजिरी नगर्न/नगराउन निर्देशन दिएको छ ।

नगर शिक्षा समितिको निर्णयले सो निर्देशन दिइएको छ । १६ जना बालविकास शिक्षकको नियुक्ती फर्जी देखिएको र कागजात माग गर्दा बेवास्ता गरेको हुनाले सो निर्णय लिइएको नगर प्रमुख दिनेश प्रसाद यादवले बताए । उनका अनुसार जिल्ला शिक्षा समन्वय इकाई धनुषाबाट पत्राचार भएपछि र स्थानीयले ध्यानाकर्षण गराएपछि सम्बन्धित सबैलाई छानबिनको लागि कागजात बुझाउन पत्राचार गरिएको थियो । तर पटक–पटक बेवास्ता गरिएको, बुझाए पनि कागजात अपूग रहेको र कानून विपरीत नियुक्त देखिएको छ । पालिकामा ५६ वटा वालविकास शिक्षक कोटा मात्र रहेको उनले जानकारी दिए । उनकाअनुसार लामो समयदेखि सरकारले वालविकासको कोटा पनि थप गरेको छैन । तर पहिलो पटक स्थानीय सरकार आएपछि पालिकामा शिक्षा विभागले कोटा नथप्दै ७० वटा बालविकास शिक्षक पु¥याइएको छ । हालसम्म तीन जनाले नगर शिक्षा समितिमा कागजात बुझाएका छैनन् ।

राप्रावि कमलपुरकी शिक्षिका पुष्पा कुमारी यादव, सोही विद्यालयकी श्यामा कुमारी यादव र राप्रावि रामनगर लक्ष्मीपुरकी सविता कुमारी यादवले कुनै कागजात बुझाएका छैनन् । यस्तै, एसएन आर मावि धबौलीकी शिक्षीका चन्दा कुमारी यादव, सोही विद्यालयमा कार्यरत प्रजिता कुमारी यादव, राप्रावि गोठकोयलपुर पुरानोमा कार्यरत्त राधिका कुमारी यादव, आधारभूत मदरसा दारुस्लाम अल सलफियाकी शिक्षिका सीता कुमारी महतो र जनता निमावि नाथपट्टीकी संजिला कुमारी यादवको नियुक्ति पनि प्रक्रिया विपरीत देखिएको नगर शिक्षा समितिको ठहर छ । तिलक राप्रावि चौराकोयलपुरकी ममता कुमारी यादव, सोही विद्यालयकी सुरुची कुमारी यादव, आधारभूत विद्यालय धबौलीकी बीना यादव, जनता विष्णु आवि यदुकूहाकी गुन्जा देवी साह र सोही विद्यालयकी कल्पना कर्णको नियुक्ति पनि प्रक्रिया विपरीत देखिएको पालिकाले जनाएको छ । यस्तै, राप्रावि गोठकोयलपुर नायाँकी शिक्षिका अम्बिका कुमारी यादव र जनता आधारभूत विद्यालय हरवाराकी रञ्जु कुमारी मण्डलको नियुक्ती पनि मापदण्ड विपरीत देखिएको छ ।

यी शिक्षकहरु नियुक्त बिना कोटा गरिएको, नियुक्तिको प्रक्रिया नभएको, बिना विज्ञापन र परीक्षा लिइ नियुक्ति गरेको छानबिनबाट फेला परेको छ ।

Comment


Related News