अपडेट 
२०८० बैशाख १, शुक्रबार ०७:२७

नेपाली कांग्रेसका सह–महामन्त्री बद्री पाण्डेले पाँच वर्षसम्म देशलाई स्थिरता दिने मुख्य उद्देश्यले जनताले दिएको जनादेशको इमान्दारीपूर्वक पालना गर्नकै लागि गठबन्धन भएको जिकिर गरेका छन् ।

काठमाण्डुबाट जनकपुरधाम आउने क्रममा विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै नेता पाण्डेले सो जिकिर गरेका छन् । यो वर्ष सबै खालका चुनावी कार्यक्रमहरु सम्पन्न गरेर आगामी नयाँ वर्षदेखि जनताको लागि काम गर्नुपर्ने वर्षको रुपमा लिएर राजनीतिक दलहरुले चुनावी प्रतिस्पर्धा बिर्सनु पर्ने आवश्यकता औंल्याए । ‘चुनावको प्रतिस्पर्धालाई बिर्सेर अब स्थानीय तहले पनि जनताको सेवा गर्ने ,प्रदेश र केन्द्र सरकारले पनि त्यसो गर्नुपर्छ।’,उनले भने । देशको अर्थतन्त्रमा तरलता तथा बेरोजगारीलगायतको समस्याहरु बढेर गएको बताउँदै उनले भने,‘देशभित्रका युवाहरु देशमा काम नपाएर अरु देशमा गएर काम गर्न पर्ने बाध्यात्मक कहाली लाग्दो अवस्था छ,। स्थानीय ७ सय ५३ वटा सरकार र केन्द्र सरकारले अब यो बेलामा जनताको म्याण्डेट अनुसार राजनीतिक स्थिरता कायम राख्दै काम गर्नुपर्ने आवश्यकता छ।’ जनताको म्याण्डेटको उच्च कदर गर्दै जनताको सेवा तथा देश विकास नै अहिलेको सत्ता गठबन्धनको उद्देश्य रहेको उनले स्पष्ट पारे । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सरकार ढल्ने या परिवर्तन हुने कुनै सम्भावना नरहेको भन्दै नेता पाण्डेले देशको राजनीतिको केन्द्र नेपाली कांगै्रसकै सेरोफेरोमा रहेको दाबी गरे । उनले भने,‘गठबन्धनका दलहरुबीच जुन पाँच वर्ष भित्र आलोपालो गरी सरकार बनाउने सहमति भएको छ सोही सहमति अनुसार देशको राजनीतिक अगाडि बढेको छ ।उनले भने,सहमतिअनुसार माओवादीको नेतृत्वमा सरकार तथा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने क्रम चलिरहन्छ।’,उनले स्पष्ट पारे ।

Comment

Related News

Latest News

Trending News