अपडेट 
२०८० बैशाख १, शुक्रबार ०७:३२

फूल फुल्नु र निश्चि त समयपछि ओइलिनु कुनै अनौठो कुरा होईन। यो प्रकृतिको स्वभाबिक नियमभित्रै पर्छ। यसलाई तँपाई हामी जो कोहीले पनि स्वभाबिक रुपमै लिनु पर्छ र लिने गरेका पनि छौं। तर अनौठो र आशचर्यजनक त्यतिबेला हुन्छो, जब कुनै फूल बर्षको एकचोटी मात्र त्यो पनि निश्चिरत दिन मात्र फुल्ने गर्छ। हरेक बर्ष बिक्रम शम्व,त पात्रोको नयाँ बर्षको दिन मात्र फुल्ने फुल रहस्यमय रहेको छ।सलहेस फूलबारीमा नयाँ वर्षलाई स्वागत गर्नैको लागि फुल्ने गरे जस्तो फूल फुल्ने गरेको छ। त्यो फूल आफैमा निकै प्राचीन छ। त्यसमा बेरिने फूलको कथा उस्तै पूरानो हो।उक्त फूल हेर्न नयाँ वर्षको दिन भारतबाट समेत असङ्ख्यन श्रध्दालु र भक्तजनहरु आउने र मेला भर्ने गर्दछन्।

नेपालको सिरहा, सप्तेरी, सुनसरी ,उदयपुर, सिन्धुललि, धनुषा, महोत्तरी र सर्लाहीबाट सर्वसाधारणहरु ती फूल हेर्न आउने र मेला भर्ने गर्दछन्। प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात वैशाख १ गतेका दिनमात्र फुल्ने फूलको दर्शन गर्न सलहेश फूलबारीमा हरेक वर्ष ठूलो मेला लाग्ने गर्छ । फूलबारीमा रहेको हारमको बोटमा वैशाख १ गतेका दिनमात्र रहस्यमय अनौठो फूल फुल्ने र सोही दिनको साँझपख सो फूल ओइलाएर जान्छम। स्थानीयका अनुसार हारमको त्यो रुखमा झुण्डिएर फुल्ने फूल भने लोकदेवता सलहेसको प्रेम प्रतिक हो। सलहेस फूलबारी सिराहा जिल्लाको लहान नगरपालिकाको पडरियामा रहेको धर्मिक तथा ऐतिहासिक स्थल हो। कतिपयले जसलाई फूलबारी मेला भनेर पनि चिन्नेक गर्छन्। नेपालको पूर्व पश्चिकम राजमार्गमा लहानबार करिब ४ किलोमिटर पििश्चममा रहेको सिरहाको पडरिय चोकदेखि दक्षिणमा ऐतिहासिक तथा प्राचीन राज सलहेसको मन्दिर र मन्दिचरछेउमा फूलबारी रहेको छ।करिब नौ बिघामा फैलिएको सो फूलबारी दुसाध र दनुवार जातिका इष्टद देवता सलहेसको फूलबारीको नामले प्रसिध्द रहेको छ। फूलबारीको मध्यसभगमा रहेको हारम नामको रुखको हाँगामा प्रत्ये क वर्ष नयाँ वर्षको दिन एकाबिहानै कसैले रातमा नै लगेर झुन्डनयाइदिएजस्तो एकदिनको लागि माला आकारको सेतो सुनाखरी फुल्ने गर्छ।

अचम्म के छ भने साँझपख फूल ओइलाएर जान्छइ। सो फूल सातौँ – आठौ शताब्दीदेखि फुल्दै आएको विशवास गरिएको छ।वनस्पतिविदहरुले अर्किडको फूल भन्ने गरेको उक्त फूल फुल्ने रुखलाई भने स्थानीयले हारमको रुख भन्नेव गरेका छन्। फूल जति आकर्षक र लोभलाग्दोा हुन्छु, त्यीसको रहस्य पनि त्यति नै रोचक र अनौठो छ। फूलबारी वरिपरीका बासिन्दादहरुका अनुसार अन्यछ कुनै दिन सो फूल देखिदैन्। प्रकृतिको यस अनौठोरुपलाई दैवीशक्तिको रुपमा लिने गरेका छन्, विश्वालस गर्नेहरुले।उक्त फूल बारे अनुसन्धान गर्न जरुरी छ। यद्यपी सलहेस गाथामाथि विश्वाोसगर्नेहरु सलहेसका प्रेमिका मालिनी सलहेसको दर्शन गर्न फूलका रुपमा उक्त दिन प्रकट हुने गरेको विश्वाास व्यक्त गर्छन् । वैशाख १ सलहेस र मालिनीका लागि प्रणय दिवस रहेको विश्वा स गर्न सकिन्छा। हारमको रुख नजिकै राजा सलहेस र मालिनीको मन्दिलर अर्थात मैथली भाषामा भनिने गहबर छ। त्यहाँ गरेको भाकल पुरा हुने जनविश्वा स रहिआएको छ। युवायुवतीले उक्त फूललाई साक्षी मानेर प्रेमसूत्रमा बाँधिने गर्छन्। निःसन्ताहन महिलाले सलहेस फूलबारीमा दर्शन गरेर सन्तानन माग गर्दा सन्तासन पाएपछि ती सन्तासनको मुण्डलन गराउन पनि यहाँ आउने गरेका छन्।

गहबरमा राजा सलहेस र मालिनीको भव्य मुर्ति रहेको छ। मन्दिर पछाडी इनार र बालीगंगा नदी बग्नो गरेको र इनार कहिलेकाँही अपर्झटरुपमा मात्र देखिने गरेको पुजारीको भनाई रहेको छ। सिरहा जिल्लामा पूर्व कर्णाटकालीन अवशेष रहेका छन्। अत्याधिक सम्मान पाएका राजा सलहेस देवता भन्दाा पनि लोकनायक थिए। सलहेस गाथामा वर्णन गरिए अनुसार राजा सलहेसले एकैदिनमा मानिकदहमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सिलहट अखाडामा कुस्ती खेल्ने तथा कुलदेवीको पूजा गरी कञ्चानगढमा पीरमार्का सुन्नेि गर्दथे। सलहेस गाथासँग जोडिएका ऐतिहासिक ठाउँहरु सिराहा जिल्लाको जनजीवनसँग गहिरो सम्बन्धा राख्द।छ। पुरातात्विडक महत्वठ बोकेका अवशेषको उत्खहनन् गरी यसको विकास गर्न सके आन्त रिक र बाह्ये पर्यटक भित्र्याउन टेवा पुग्ने विश्वा स स्थनीय जनताको रहेको छ।

राजा सलहेस को हुन् ?

मिथिलाको हावापानी, खेतखलियान, गाउँघर, पशुपंक्षी, वनजंगल तथा मिथिलाक्षेत्रकोलोकनाच सर्वत्र लोकप्रिय पात्र हुन्, राजा सलहेस।राजर्षी राजा जनकपछि मिथिलामा उनलाई प्रादुर्भाव भएको व्यक्तित्वे मानिन्छय।मिथिलामा आफ्नो पराक्रम र चमत्का रीक नेतृत्व्ले गर्दा आजसम्म उनको चर्चा छ। उनको जन्मनस्थान महिसोथा हो र वास्तविक नाम भने जयवर्धन सैलेश रहेको थियो।छैटौँ – सातौं शाताब्दीतिर त्यसबेला मिथिला भूमिको गढ महिसोथा भन्नेल ठाउँ थियो। त्यो ठाउँ अहिले सिरहा नगरपालिकामा पर्धछ। त्यतसबेला त्यहाँका भूपाल सोनम र मन्दोरदरीबाट एउटा इन्द्र स्वरुप वीरबालक जयवर्धन (सलहेस) को जन्मा भयो। सलहेस सानैदेखि सौर्यवान, प्रखरवुध्दिका धनी र शौर्यशाली थिए। मूलतः लोकगाथाका नायकका रुपमा रहेकाले यिनीबारे पर्याप्त् अध्यउयन हुन सकरको छैन्।

हालको समयमा सलहेसलाई एक खास जातिमा सीमित पारिएको, उक्त जातिदलितमा दरिएको र दलितहरुको समुचित पहुँच शिक्षा तथा अध्यियन अनुसन्धायनका क्षेत्रमा हुन नसकेकोले पनि यिनीबारे खासै ऐतिहासिक अध्ययन हुन नसकरको हुन सक्छ। यद्यपि मैथिली लोकगाथाबारे पर्याप्तष कार्य गरेका डा. व्रजकिशोर वर्मा, मतिनाथ झा, डा. पूर्णानन्दा दास, राजेश्वखर झा आदि इतिहासकारले केही अध्य यन गरेका छन्। यिनी कुनै दन्य् कथाका पात्र होइनन्, न त पुराणका यशस्वी राजर्षि नै हुन्। उनी त्यतिबेला राजा भएता पनि लोक कल्याणमा सक्रिय थिए जसकारण उनी जनताका प्रिय पात्र बने। त्यसैले आज आममानिस नै यिनको अमरत्वयको रक्षक बनेका छन्। उनको व्यक्तित्वैमा अचम्मको आकर्षण पाइन्छन।प्रेम, प्रकृति, शौर्य, न्यौय र नेतृत्वक सबै गुणमा उनी सबल मानिन्थेभ। सलहेसमात्र नभएर उनका सहयोगी पात्रहरु पनि देवताझै पुजिन्छर। पूर्वी नेपाल र उत्तरी बिहार अर्थात मिथिला क्षेत्र उनको कर्मथलो रह्योर। मिथिलामा अन्याय, अत्याचार र अराजकता बढेको समयमा सलहेसको प्रादुर्भाव भएको थियो। उनी मिथिला क्षेत्रमा अन्या्य र अत्याकचार विरुध्द लडेका एक विद्रोही पात्र पनि हुन्। अहिले पनि तराईका दुसाध र दनुवार समुदायले उनलाई देवताकै रुपमा पुजा गर्ने गर्छन्। सलहेसको समय कृषिको प्रारम्भिक युग थियो। त्यसबेला उत्तरमा किराँत प्रदेश तिब्बत र भुटानतिरबाट आर्यवर्तमा अन्नबाली र पशु लुटेर लान बारम्बार आक्रमण हुने गर्थ्यो।

बारम्बार हुने भोट र किराँतको आक्रमणलाई रोक्न सलहेसका बुबा भूपाल सोनम तरेगना गढ (हालको लहान बजारभन्दाा चार किलोमिटर उत्तर तर्फ) का राजा हिन्दुेपति भण्डाारीलाई सघाउन गए। भोट र किराँतसँग भएको युध्दमा भूपाल सोनमले सहादत प्राप्तत गरेपछि जेठो छोराको हैसियतले सलहेस महिसोथा गढको गढपति भए। सलहेस गढपति भएपछि कोसीदेखि पश्चिाम गण्डछकसम्म उत्तर हिमालका पदम प्रदेश र दक्षिण गङ्गासागरसम्म आफ्नो शैन्यश सङ्गठनलाई सुसङ्गठित पारेका थिए। सलहेसको समयमा मिथिला र किराँतबिच राम्रो सम्बन्धफ रहेको सलहेसका सेनापति केवल किराँत नामका व्यक्ति हुनुले प्रमाणित गर्छ।सोही कालखण्ड्को अर्का गाथा नायक दिना – भद्रीको अनन्यक सहयोगीका रुपमा जोगमल किराँत रहेको प्रसंगले पनि यस तथ्य लाई बल प्रदान गर्छ।चीनका शानवंशी सम्राटका पालामा मिथिलामा हुन लागेको आक्रमणलाई विफल तुल्याउन सलहेस किराँतहरुसँग मिलेर लडेको र आक्रमणलाई विफल तुल्यामए भन्नेल उल्लेख इतिसासकारहरुले गरेका छन्। सलहेस फूलबारीले विभिन्नो किसिमको अतिक्रमण सहँदै आएको छ। यद्यपी अहिलेसम्म एउटा सानो जंगलको रुपम अस्तित्वनमै छ। यस फूलबारीकै सेरोफेरोमा सलहेससँग सम्बन्धिेत अन्यज ऐतिहासिक स्थानहरु पनि छन्। उत्तरतर्फ मनिक दह छ भने पूर्वोत्तरमा पकडियागढ छ।

यी ठाउँहरुमा लगायत धमनी माई र पतारी मेला पनि वैशाख १ र २ गते मेला लाग्नेय गर्छ।सिरहा जिल्लाभित्र सलहेसको गाथासँग जोडिएका अन्यल धर्मिकस्थलहरुको समेत खोजी गरी सरकारले संरक्षण गर्नु पर्छ ।यसको प्रचारप्रसार, संरक्षण र सम्बर्ध् दन गरी सिराहाको पर्टकीय स्थलको रुपमा विकास गर्नु पर्छ।यसले ग्रामिण अर्थतन्त्र्मा टेवा पुग्नेद छ। धर्मिकरुपमा नेपाललाई देश विदेशमा समेत चिनाउने छ। सामाजका हरेक वर्ग, जाति, समुदायले सम्मान, श्रध्दा र निष्ठा साथ सलहेसको नाम लिनेर पुजा गर्ने गर्छन्। हाम्रो देशमा सबैले पुज्नो यस्तो अर्को कुनै दलित ऐतिहासिक ब्यक्ती सायदै होलान्। सरकारले दलित वर्गलाई सम्मान दिन र समताको अनुभुति गराउनकै लागि भए पनि सलहेसबारे आधिकारिक अध्ययन ÷ अनुसन्धातन गराई सलहेस सर्किटको विकास गर्नु पर्छ। सलहेस मिथिलाका गौरवमय इतिहासका ऐतिहासिक पुरुष हुन्। सलहेसको बारेमा अध्ययन÷अनुसन्धा्न गर्ने जिम्मेवारी मधेस सरकारको पनि हो। सलेसमा रहेका गुणहरु र उनको साहसको बारेमा देश विदेशमा प्रचार गर्न सक्नु पर्छ। मिथिलाका जनताले सलहेसलाई जुन सम्मान दिने गरेका छन्, त्यसलाई सम्झेर मधेस सरकारले उनीसँग सम्बन्धित ऐतिहासिक स्थलहरुको संरक्षण र सम्बर्ध्द न गरेर मधेसलाई धार्मिक पर्यटनको रुपमा विकास गर्नु पर्ने देखिन्छर। यसबाट मधेसले आर्थिक लाभ लिन सक्नु पर्छ। मधेसमा दलित वर्गका ब्यक्तिले पनि ऐतिहासिक आधारमा कुन हदसम्मको सम्मा पाएको रहेको छ, भने सन्दे श विश्वालाई दिन सकिन्छि। साथै सामाजलाई पनि भेदभाव गर्न नहुने र समुदायबिच समन्व्य बढाउन सकिन्छ ।

राजा सलहेस अहिले पनि मिथिलामा पूजनीय र लोकप्रिय पात्र हुन्। अहिले पनि गाउँ गाउँमा गीत र महराइका माध्यमले राजा सलहेसको गाथा गाउने चलन छ।मिथिला क्षेत्रको लोक नाचमा पनि राजा सलहेस त्यति नै चर्चित र लोकप्रिय हुन्। लोक नाचमा राजा सलहेसको नाच मन पराउने हरुको कमि थिएन्। अहिले मैथली लोक नाच नै लोप हुने खतरामा परेको छ। यसका कालाकारहरु पलायन भैसकेका र पलायन हुने क्रममा छन्। राजा सलहेस अहिलेको युवावर्ग त्यती परिचित नभए पनि बुढापाकाहरुमा उनलाई नचिन्ने र उनलाई श्रध्दा नगर्ने कोही छैनन्। मिथिलाको यस्तो बिभूतिलाई हालका आधुनिक शिक्षित सामाजमा पनि चिनाई राख्नन फिल्म, कथा, कबिता र टेलिफिल्मको साहारा लिनु पर्ने देखिन्छई। यसमा सम्बपन्धित पक्षले पहल कदमि लिनु पर्ने देखिन्छय ।

Comment


Related News