अपडेट 
२०८० बैशाख १, शुक्रबार ०७:३९

स्वास्थ्य बीमा कैलाली जिल्लाबाट २०७२ साल चैत्र २५ गते सुरु भएको दिनको अवसरमा हरेक वर्ष चैत्र २५ गते स्वास्थ्य बीमा स्थापना दिवस मनाउने गरिन्छ। यस वर्षको नारा स्वास्थ्य सेवामा सर्वब्यापी पहुँचका लागि स्वास्थ्य बीमा रहेको छ। नेपाल सरकारद्वारा संचालित स्वास्थ्य बीमाको मुख्य उद्धेश्य भनेको गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच एवं उपयोगमा सुधार ल्याई स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिस्चित गर्ने आकस्मिक, अनायास, अप्रत्यासित रुपले रोगको कारणले गर्दा अचानक आइपर्ने आर्थिक भार लाई पुर्व भुक्तानीको माध्यमबाट आर्थिक जोखिमलाई न्यूनीकरण गर्ने संयन्त्र नै स्वास्थ्य बीमा हो। यो बृहत सामाजिक साझेदारीको अवधारणा अनुरुप सरकारद्वारा ल्यईएको सर्वसाधाराणको लागि बरदान हो।

यस कार्यक्रममा व्यक्ति, समुदाय र सरकारको प्रत्यक्ष सहभागिता रहने गर्दछ। यसका साथ साथै सेवा पर्दायक स्वास्थ्य संस्था, स्वास्थ्य बीमा बोर्ड, एवं सरकारको प्रत्यक्ष सहभागितामा आधारित सामाजिक साझेदारीमा आधारीत कार्यक्रम हो। नेपाल सरकारको प्राथमिकता प्राप्त स्वास्थ्य बीमा कार्यक्रम हालसम्म सात प्रदेश, सतहत्तर जील्ल्ला एवं ७४५ स्थानीय तहमा गुणस्तरीय ढंगले संचालन भै सकेको छ।् स्वास्थ्य बीमा कार्यक्रमको मुख्य रणनीति नै चेतना मुलक कर्यक्रम मार्फत समुदायका समुहहरुलाई सक्रिय सहभागी गराउदै एवं गरिब तथा न्यून आय भएका बर्गलाई बिशेष संरक्षण गर्दै, सार्वजनिक तथा निजि प्रादायक संस्था हरु संगा सहकार्य गर्दै स्वास्थ्य बीमा नीति लाई क्रमशः बिस्तार गरि देश ब्यापी रूपमा स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्ने रहेको छा विभिन्न कानूनी आधारहरु रहेता पनि लक्ष्य अनुरुप स्वास्थ्य बीमामा सबै नागरिकको पहुच सुनिस्चित हुन सकेको छैन।

यसको पछाडी पनि विभिन्न प्राविधिक कारणहरु रहेका छन्। ति कारणहरु नै स्वास्थ्य बीमाको मुख्य समस्या हुन् जुन समाधान नगरि नहुने विषय हुन्। सरकार स्वास्थ्य बीमा बोर्ड र सेवा पर्दायक स्वास्थ्य संस्थाहरुको सहकार्य अति आवश्यक छ। स्वास्थ्य बीमा नाफाको लागि ल्याएको कार्यक्रम होइन यो त सर्वसाधारण जनताको लागि ल्याइएको कार्यक्रम हो। ताकि रोग कै कारणले कुनै नागरिकको आर्थिक आभावमा ज्यान नजाओस्। यस कार्यक्रमले जुन गतिमा अन्य सरकारी संयन्त्रबाट सहयोग पाउनुपर्ने हो त्यो सहयोग पाउना सकेको छैन। स्वास्थ्य बीमा पूर्णरुपले सफल हुनुको मतलब स्वास्थ्य सेवामा जुन मनोमानी यत्रतत्र पाइन्छ ति सबै मनमानी सरकारको निगरानी भित्र पर्नसक्ने डरले कतिपय संस्था स्वास्थ्य बीमा असफल हुने गरि प्रयास समेत गरेको पाइन्छ। तसर्थ स्वास्थ्य बीमालाई जीवन्त राखी हरेक नागरिकको सेवा राज्यले स्वास्थ्य बीमाको माध्यमबाट समधान गर्दै जानुको बिकल्प छैन। स्वास्थ्य बीमा यस्तो सामाजिक सुरक्षामा आधारित कार्यक्रम हो जसको लाभ नागरिक प्रत्यक्ष बीना झन्झट उपयोग गरिरहेका छन्। यो विशुद्ध योगदानमा आधारित कार्यक्रम भएकोले हरेक नागरिकले स्वास्थ्य बीमा उपयोगको नाममा दुरुपयोग गर्नबाट बच्नुपर्छ। किनभने यो कार्यक्रम प्रत्यक्ष मानव स्वास्थ्यसँग सरोकार राख्दछ।

कतिपय सामाजिक संस्थाहरुले दान दिने चलन रहेकोले स्वास्थ्य बीमालाई सहयोग स्वरूप दान दिदा फरक नापर्ला एवं अन्य ठाउँमा दान दिनु भन्दा स्वास्थ्य बीमामा बिमित भई अनुदान दिनु श्रेष्ठकर हुन्छ। नेपाल जस्तो विकासोन्मुख मुलुकमा नागरिकले आफ्नो आधारभुत आवश्यकता आर्थिक अभावमा परि पूर्ति गर्न सक्नु नै चुनौती मानिन्छ। त्यहि भएर रोगको कारणले गर्दा भविष्यमा आईपर्नै अप्रत्यासित आर्थिक जोखिम कम गर्नै एक मात्र बलियो आधार सरकार द्वारा संचालित स्वास्थ्य बीमा हो। स्वास्थ्य बीमा गराउनुको अर्थ रोग पालेर बस्नु पर्दैन अर्थात रोगको कारणले कसैले पनि अनायास ज्यान गुमाउनु पर्दैन, हरेक नागरिकको आधार भूत स्वास्थ्यको जिम्मा सरकारको सरोकार भए पनि स्वास्थ्य बीमामार्फत नजिकको अस्पतालमा आवश्यक सुविधा समेत सजिलै लिन सकिन्छ। स्वास्थ्य बीमामा बिमित भइसकेपछि तोकेबमोजिमको रकम सम्मको उपचारको जिम्मा स्वास्थ्य बीमाले बहन गर्दै आइरहेको छ ।

Comment


Related News

Latest News

Trending News