
सभामुख देवराज घिमिरेको आह्वानमा शुक्रबार बोलाइएको प्रमुख ३ दलका शीर्ष नेताहरुको बैठक स्थगित भएको छ।
दिउँसो १ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा बोलाइएको बैठक स्थगित भएको हो।
सभामुखले संसदको बिजनेस, संयुक्त समिति, विषयगत समिति र संयुक्त नियमावली मस्यौदा समिति गठन लगायतका विषयमा सहमति जुटाउन निरन्तर संवाद गरिरहेका छन्। सभामुख घिमिरेले २०७९ चैत २५ गते सिंहदरबारमा र चैत २८ गते सरकारी निवास बालुवाटारमा प्रमुख ३ दलका नेताहरुसँग छलफल गरेका थिए।
चैत २८ गतेको छलफलमा संक्रमणकालीन न्यासँग सम्बन्धित सहित अन्य विधेयकहरुलाई सहमतिका आधारमा अगाडि बढाउने समझदारी बनेको थियो।