अपडेट 
२०८० बैशाख १, शुक्रबार १६:००

आजबाट नेपालको कुर्थादेखि भारतको जयनगरसम्म  रेल सेवा दिनको चार पटक सञ्चालन भएको छ ।

हाल नेपालको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनमा रहेको नेपालको एक मात्र रेल सेवा नेपाल रेल्वे शुक्रबारदेखि दिनको चारपटक आवतजावत गर्दै सेवा विस्तार गरेको हो ।

यसअघि दुई पटकमात्र आवतजावत गर्ने गरेको रेल नयाँ वर्ष २०८० को प्रारम्भसँगै आजदेखि चारपटक आवतजावत गर्नेगरी सञ्चालनमा आउने भएको हो । रेल्वेका महाप्रवन्धक निरञ्जन झाका अनुसार अब नेपालको कुर्थाबाट रेल बिहान ७ बजेर १५ मिनेटमा र बेलुकी २ बजेर ४५ मिनेटमा भारतको जयनगरका लागि प्रस्थान गर्नेछ भने भारतको जयनगरबाट रेल जनकपुरधाम वा कुर्थाका लागि बिहान ९ बजेर ३० मिनेट र बेलुकी ५ बजे प्रस्थान गर्नेछ ।

यो सेवा बिस्तारसँगै रेल्वेमा यात्रुको चाप कम हुने र आरामदायी यात्रा हुने विश्वास छ । यसअघि एक पटक मात्र कुर्थाबाट खुल्ने गरेको रेलमा यात्रु बस्ने सिटको अभाव हुने गरेको थियो । महाप्रवन्धक झाले बिजलपुरासम्म रेल सेवा बिस्तारका लागि दुई चरणको इन्पेक्सनको काम सम्पन्न भइसकेको जानकारी गराउँदै बाँकी अधुरा काम छिट्टै पूरा गरेर आफूहरुलाई हस्तान्तरण गर्न भारतीय कम्पनी इरकनलाई आग्रह गरिएको बताए ।

उनले चाँडै नै बिजलपुरासम्म रेल सेवा विस्तारका लागि प्रयासरत रहेको बताए । उनले थप एक यात्रुवाहक र एक कार्गो गरी दुई रेल सरकारसँग माग गरेको बताए । उनले अब सहज र सुलभ रेलसेवा उपब्ध हुने बताए ।

यसअघि १० बजे जनकपुरधामबाट गुड्ने रेल साढे ११ बजे जयनगर पुग्ने र पुनः ३ बजे जनकपुरधामका लागि छुट्ने समय तालिकाका कारण यात्रुलाई किनमेल र भारतीय बजारमा किनमेलका लागि समेत समय अभाव हुने गरेको थियो ।

Comment


Related News

Latest News

Trending News