अपडेट 
२०८० बैशाख १, शुक्रबार १७:५३

जनकपुरधाम मेयरकप टि २० क्रिकेट प्रतियोगिता २०७९ को उपाधी धनुषाको जनकपुरधाम टिमले जितेको छ । बारालाई पाँच विकेटले पराजित गर्दै धनुषा टिमले उपाधि जित्न सफल भएको हो ।

टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको बारा टिम निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतीमा १ सय १४ रनको योगफल तयार गरेको थियो ।

धनुषा टिमले दुई अभर वाँकी छदै १ सय १७ रन बनाएर उपाधि जितेको छ । धनुषाको जितमा विशाल सुशलिङ्गले बनाएको अविजित ३९ रनको पारी निर्णायक बन्यो । उनी फाइनल खेलको म्यान अफ दी म्याच मात्र भएन म्यान अफ दी सिरिज समेत घोषित भए । साथै धनुषाका लागि मयन यादव २१, हरिशंकर साह र अकवर अलि ११/११ रन जोडेका थिए ।

बाराको तर्फबाट बलरहरु अरनिको यादव, कुमार थापा, निखिल सिंह र रवि कुमार साह १/१ विकेटलिएका थिए ।

विजेता धनुषा टिमले नगद २ लाख ५१ हजार र ट्रफी जितेका छन् भने उपविजेता बारा टिमले नगद १ लाख ५१ हजार र ट्रफी जितेका छन् । प्रतियोगीतामा म्यान अफ द टुर्नामेन्ट घोषित धनुषाका विशाल सुशलिङ्ग (६ विकेट र ८० रन) ले नगद १५ हजार, उत्कृष्ट बलर घोेषित भएका कृष्ण कार्की (९ विकेट) तथा उत्कृष्ट ब्याट्सम्यान घोषित भएका रोहन विके (९९ रन) ले नगद १०/१० हजार र ट्रफी जितेका छन् । त्यसैगरि छिटो अर्ध सतकीय पारी खेल्ने फास्टर फिफ्टीको पुरस्कार काठमाण्डौंका गजेन्द्र बोहरा जस्ले २२ बलमै ५० रन बनाएका थिए उनलाई पनि नगद दश हजार र ट्रफी सहित पुरस्कृत गरिएको छ ।

Comment

Related News

Latest News

Trending News