अपडेट 
२०८० बैशाख २, शनिबार ०७:३८

प्रभु साह नेतृत्वको आम जनता पार्टीको धनुषा जिल्ला अध्यक्षमा कलाकार सन्तोषराज सहनी चयन भएका छन् ।

पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साहको प्रमुख आतिथ्यमा बिहीवार साँझ अबेर आयोजना गरिएको भेलाद्धारा सन्तोषराज सहनीको अध्यक्षतामा आजपाको ४५ सदसीय धनुषा जिल्ला कार्य समिति चयन गरिएको छ । आम जनता पार्टीको धनुषा जिल्ला इन्चार्जमा श्रीलाल महासेठलाई सर्वसम्मत चयन गरिएको छ भने अध्यक्षमा गायक, कलाकार तथा संगीतकार समेत रहेका सहनीलाई चयन गरिएको छ । त्यस्तै जिल्ला सचिवमा बलदेव साह, कोषाध्यक्षमा सन्तोष महतो चयन भएका छन् भने सदस्यहरुमा सुनिता देवी मंडल, राकेश कुमार भगत, नन्दु साह लगाएतलाई चयन गरिएको आम जनता पार्टीका धनुषा जिल्ला अध्यक्ष सन्तोषराज सहनीले जानकारी दिएका छन् । पार्टि अध्यक्ष प्रभु साहले बैठकद्धारा चयन भएका पार्टीका सम्पूर्ण पदाधिकारीहरुलाई स्वागत गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

अध्यक्षमा सर्वसम्मत चयन भएका सन्तोषराज सहनीले आफूले पाएको जिम्मेवारी लगनशील भइ इमान्दारीका साथ निर्वाह गर्ने प्रतिवद्धता जनाए । पार्टीले आफूलाई दिएको जिम्मेवारी इमान्दारीका साथ बहन गर्ने प्रतिवद्धता जनाउँदै अध्यक्ष सहनीले पार्टीको संगठनलाई मजबुत बनाउन रातदिन नहेरी काम गर्ने बताए । धनुषामा आजपालाई सबभन्दा बलियो पार्टी बनाएरै छाडने उदघोष गर्दै सहनीले त्यसका लागि आफूले संगठन विस्तार गर्ने कार्यलाई अहिलेदेखि नै तीव्रता दिने बताए ।

Comment


Related News