अपडेट 
२०८० बैशाख २, शनिबार ०७:४५

संस्थागत विद्यालय (बोडिङ स्कुल)हरु अभिभावकसँग जथाभावी पैसा उठाउन थालेका गुनासो आउन थालेपछि जीतपुर सिमरा उपमहानगरपालिकाले यस बिषयमा कडाइ गरेको छ ।

उपमहानगरपालिकाले विद्यालयमा पढाउनुपर्ने किताब देखि बोक्नुपर्ने झोला सम्ममा नियम लगाएको छ । नेपाल सरकारले स्वीकृत गरेको पाठ्यक्रम तथा पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गरेको सन्दर्भ सामग्री मात्र लागु गरिएको नगर प्रमुख राजन पौडेलले जानकारी दिए । विद्यालय आफैले किताब तथा स्टेशनरी सामग्री बिक्री गर्न नपाउने व्यवस्था गरेको छ । उपमहानगरका कतिपय विद्यालयहरुले मूल्यमा स्टिकर लगाइएको वा कालो पोतिएको किताबहरु बेचेको पाइएको थियो । उपमहानगरपालिकाले यस्ता पाठ् यपुस्तक वा नेपाली मूल्य नलेखिएको किताबहरु विद्यालयमा लागु नगर्न निर्देशन दिएको छ ।

त्यस्तै जीतपुरसिमरा उपमहानगरपालिकाले कक्षा १ देखि ५ सम्मको लागि ४ किलो सम्म, आधारभूत तह कक्षा ६ देखि ८ सम्कोलागि ६ किलो सम्म, माध्यमिक तहको लागि ८ किलोसम्मको पाठ्यपुस्तक र खाजा सहितको झोला बोक्न पाउने नियम तोकिएको नगर प्रमुख पौडेलले बताए । नियमको पालना नभएमा उपमहानगरपालिकाले सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई कारबाही गरिने जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News