अपडेट 
२०८० बैशाख २, शनिबार ०८:०६

मिथिलासहित मधेशमा हर्षोल्लासका साथ आज जुडशीतल पर्व मनाइँदै छ ।

प्रत्येक वर्षको वैशाख २ गतेका दिन बिहानैदेखि गाउँगाउँमा आफूभन्दा सानाको शिरमा(टाउको)  जल थपथपाएर आर्शीवाद दिने गरिन्छ । बुबाआमा, गुरु, मान्यजन एवम् ज्येष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल राखेर जल सिंचित गरी आर्शीवाद दिँदै पर्व मनाउने चलन छ । वर्षभरि शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवम् उत्तरोत्तर प्रगति होस् भन्ने ठुलाबडा एवम् जेष्ठ सदस्यले आफूभन्दा सानालाई आशीर्वाद दिने गर्छन् । नयाँ वर्षमा जल सिंचित गर्दा बालबालिकाको मस्तिष्क शीतल हुने र वर्षभरि नै उसले राम्रो काम गर्ने जनविश्वास रहेको छ ।

आजका दिन रुखविरुवामा पानी हाल्नुको साथै खेतबारीमा मलजल गर्ने परम्परा छ । सूर्यको तापबाट आकुलव्याकुल मानवलगायत रुखविरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य हो ।

आजैका दिन केही स्थानमा हिलोपानी पनि खेल्ने गरेका छन् । घरघरमा विशेष परिकार बनाएर खाने चलन पनि यस पर्वमा छ ।

जुडशीतलको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा  रहेको छ ।

Comment


Related News

Latest News

Trending News