अपडेट 
२०८० बैशाख २, शनिबार १३:५४

शनिबार बिहान बसेको सत्तारुढ तीन दलको बैठक बिनानिष्कर्ष सकिएको छ । 

 प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच मन्त्रालय बाँडफाँडबारे छलफल भएको थियो ।

नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एसबीच कुरा नमिल्दा बैठक बिनानिष्कर्ष सकिएको हो। बैठक पुनः बेलुका बस्ने बताइएको छ ।

बिहानको छलफलमा काङ्ग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा थिए। यस्तै समाजवादीबाट महासचिव घनश्याम भुसाल र किसान श्रेष्ठ को सहभागिता रहेको थियो। 

Comment


Related News

Latest News

Trending News