
जनकपुरधाममा शनिबार विहान एक पुरुषको शव फेला परेको छ ।
जनकपुरधामको रेल्वे स्टेसन देखि पुलचोक जाने बाटोमा रहेको जल्लाद खोला बक्स कल्भर्ट तल एक पुरुषको सव फेला परेको छ । उक्त सव भारतको आसाम घर भई हाल जनकपुरधाम उपमहागनरपालिका १६ स्थित आफ्नो ठुली आमा सहाना बेगमको घरमा बस्दै आएको अन्दाजी २२ वर्षीय युवक ईमरान हुसैनको रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
युवकको मृत्यु वा हत्या के र कुन कारणले भएको भन्ने छानबिन भईरहेको र छिटै थप जानकारी सार्वजनिक गर्ने धनुषा प्रहरीले जनाएको छ ।