अपडेट 
२०८० बैशाख ३, आईतवार ०७:१९

रौतहटमा शनिवार सडकको विषयमा दुई पक्षबीच विवाद हुँदा चलाइएको गोलीले एक जनाके मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

जिल्लाको गढीमाई नगरपालिका–८ धोबिनियामा गोली लागेर एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । गोली लागेर स्थानीय राजकुमार यादवको मृत्यु भएको छ भने गोली प्रहारबाट चार जना घाइते भएका छन् । गढीमाई नगरपालिकाले निर्माण गर्न लागेको सडक खोल्ने विषयमा शनिवार दिउँसो ३ बजे धोबिनियाका रामईश्वर यादव र राजकुमार यादव पक्षबीच विवाद उत्पन्न भइ झड्प भएको थियो । दुवैमा राजनीतिक रिसीवि लिएर स्थानीय र प्रदेश/संघको निर्वाचनमा समेत समय समयमा विवाद हुने गरेको थियो । मृतक राजकुमार जनता समाजवादी पार्टी (जसपा) निकट थिए भने गोली हान्ने रामईश्वर नेपाली कांग्रेसका समर्थक थिए । दुवै जना साखै छन् ।

शनिवार भएको झड् पमा रामईश्वर यादव पक्षले चलाएको गोली लागेर ४५ वर्षिय राजकुमार यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक डिएसपी छेदीलाल कामतीले जानकारी दिए । टाउको सहित शरीरको विभिन्न भागमा गोली लागेर गम्भीर घाइते भएका यादवलाई उपचारको लागि वीरगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको डिएसपी कामतीले जनाए । स्थानीयहरुका अनुसार विवादको क्रममा रामईश्वर पक्षले राजकुमार पक्षमाथि फिल्मी शैलीमा गोली चलाएको थियो । झड्पमा उनीहरुले ६ राउण्ड भन्दा बढी गोली चलाएको स्थानीयहरुको भनाइ छ ।

त्यस्तै गोलीको छर्रा लागेर स्थानीय २५ वर्षीय निरञ्जन यादव, बालधर यादव, रामप्रताप यादव र कपिलदेव राय यादव घाइते भएका छन् । घाइते मध्ये निरञ्जन यादव र बालधर यादवको खुट्टामा गोली लागेको छ भने रामप्रताप र कपिलदेवको टाउकोमा चोटपटक लागेको छ । घाइते चारै जनाको अवस्था सामान्य रहेको र उनीहरुको गरुडा स्थित ग्राण्डी हस्पिटलमा उपचार भइरहेको डिएसपी कामतीले जानकारी दिए ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ४२ वर्षीय रामसेवक यादव, लालबाबु यादव, दिनेश यादव, बच्चा गिरी, संजय गिरी, राजु यादव लगाएतका व्यक्तिहरु रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक डिएसपी उमाशंकर यादवले जानकारी दिएका छन् । घटनामा संलग्न अझै केही व्यक्तिहरु फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको डिएसपी यादवले बताए । घटनामा प्रयोग भएको १२ बोरको एकथान हतियार समेत बरामद गरिएको र घटनाबारे अनुसन्धान भइरहेको रौतहटका प्रहरी उपरीक्षक एसपी वीरबहादुर बुढामगरले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News