अपडेट 
२०८० बैशाख ३, आईतवार ०७:२३

समाजवादको मुख्य उद्देश्य समानता हो । खासगरी, आर्थिक क्षेत्रमा सवैको हक समान हुनुपर्छ भन्ने मान्यता समाजवादी चिन्तकहरुको हो । साम्यवादी चिन्तकहरुले सम्पति र उद्योगमा मजदुरको हक अत्यधिक हुनुपर्ने विषयमा बढी जोड दिने गर्छन् । द्वितीय विश्वयुद्धपछि नव–उपनिवेशीकरणको प्रक्रियाको दौंरान समाजवाद र राष्ट्रवादको यो संयोग तेस्रो मुलुकको समाजवादको विकासको एक प्रारुप बनेको थियो । चीन, वियतनाम र क्यूवाजस्ता मुलुकहरु समाजवादको प्रसारमा महत्वपूर्ण भूमिका निर्वाह ग¥यो । नेपालमा राणाशासनको अन्त्यका लागि काँग्रेसले प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई अघि सारेको थियो भने बामपन्थी विचारधाराबाट प्रभावित हुनेहरुमध्ये कतिपयले चीनको माओत्सेतुङको नीति र कतिपयले सोभियतका नेता लेनिनको नीतिको आधारमा राजनीति दलको स्थापना गरेका थिए । नेपालमा प्रजातन्त्र पुनः स्थापना हुनुअघि समाजवाद र साम्यवादको सिद्धान्तको सम्बन्धमा लामो बहशपनि हुने गर्दथ्यो ।

प्रजातन्त्रको पुनःस्थापनादेखि गणतन्त्रको आगमणको अवधिसम्मलाई नियालेर हेर्दा दलहरुको एउटै सिद्धान्त चुनाव जितेर सत्तामा पुग्ने । बहुमत नआएपछि मिलीजुली सरकार बनाउने रणनीति अपनाएको देखिन्छ । समाजवादको अनेक रुपमध्ये प्रजातान्त्रिक समाजवाद, लोकतान्त्रिक समाजवाद, वैज्ञानिक समाजवाद हुँदाहुँदै अव पारवारिक समाजवादमा परिणत भएको पनि चर्चा छ । नेपालमा त्यस्तो नदेखिएको भएपनि छिमेकी राष्ट्र भारतमा समाजवादी सिद्धान्तका दलहरुमा परिवारवाद जरो बलियो बन्दै गएको छ । भारत, उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी सधैं चर्चामा रहने व्यक्ति हुन् । काम गर्ने नयाँ शैलीले गर्दा भारतमा मात्रै होइन कि अन्तर्राष्ट्रिय जगतमा पनि उनको चर्चा परिचर्चा भइरहन्छ । एक महिनाअघि उत्तर प्रदेशको विधानसभामा अहिलेको समाजवादको बारेमा उनको दृष्टिकोणले भारतमा नयाँ बहश नै शुरु भयो । मुख्यमन्त्री योगीले समाजवादको सिद्धान्तप्रति समर्पित दललाई सन्तति र सम्पतिको चक्करमा पर्नु हुँदैन् । तर, आजको समाजवादीहरु सन्तति अर्थात आफ्ना सन्तानलाई राजनीतिकको विरासत सुम्पने र सम्पति आर्जनमैं सक्रिय रहेको तर्फ सङ्केत गर्दै उनले आजको ‘समाजवाद बहुरुपिया ब्रान्ड’ बनिसकेको छ । एउटा समाजवादको अनेक रुपमा देखिन्छ । लोकतान्त्रिक समाजवाद, प्रजातान्त्रिक समाजवाद, प्रगतिशील समाजवाद, वैज्ञानिक समाजवादका साथै पारवारिक समाजवाद र जातिवाद समाजवादको रुपमा परिणत भइसकेको देखिन्छ । आजको समाजवाद एक मृगतृष्णा हो ।

अहिलेको समाजवादले धनीलाई गरिव, गरिवलाई गुलाम र बुद्धिजीवीलाई वेवकुफ बनाउँछ । अहिलेको समाजवादले उसको नेता र कार्यकर्तालाई मात्र शक्तिशाली बनाउँछ । आजको समयमा सवैभन्दा पाखण्ड हो ‘समाजवाद’ । उत्तर प्रदेशको प्रतिपक्षी दल समाजवादी पार्टीप्रति लक्षित गरी मुख्यमन्त्री योगीले समाजवादप्रति कडा अभिव्यक्ति दिएको थियो । भारतमा एकताका समाजवादी दल सशक्त अवस्थामा थियो । डा. राममनोहर लोहियाले समाजवादलाई नयाँ रुपमा परिभाषित गर्दै यसको जगलाई बलियो बनाएको थियो । समाजवादी नेता जयप्रकाश नारायण, जार्ज फर्नान्डीस, पूर्वप्रधानमन्त्री चन्द्रशेखरलगायतले समाजवादको विचारलाई फैलाउनमा अहम् भूमिका निर्वाह गरेको थियो । उत्तर प्रदेशमा समाजवादी नेता मुलायमसिँह यादव, विहारमा लालुप्रसाद यादवपनि समाजवादी सिद्धान्तको आधारमा राजनीतिक दल स्थापना गरी पटक पटक सत्तामा पुगेका हुन् । तर, समाजवादको समानताको सिद्धान्तको विपरीत पारवारिक समाजवादको रुपमा परिणत हुँदै दुवैले आ–आफ्ना छोरालाई दलको वागडोर सुम्पिएपछि समाजवादको प्रयोग परिवारवादको रुपमा परिणत भएको आरोप लाग्नु स्वभाविक पनि हो । मुलुकमा दलहरु प्रतिबन्धित रह्दा विद्यार्थीहरुबीच साम्यवाद र समाजवादको विचारधाराप्रति तिखो बहश गर्दथ्यो । अचेल, त्यस्ता बहश विलिन भइसकेका छन् । काँग्रेसको जगनै समाजवादको सिद्धान्तको आधारमा उभिएको छ ।

नेपालका प्रायः सवै दलहरु समाजवादको सिद्धान्तलाई अपनाएका छन् । कतिपय दलहरुको नाममैं समाजवादी समावेश गरिएको छ । लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीलगायत छन् । के बास्तवमा दलहरुले समाजवादको सिद्धान्तअनुरुप कार्य गरिरहेका छन् ? यदि, के मुख्यमन्त्री योगीले जुन किसिमले अहिलेको समाजवादलाई परिभाषित गरेको छ । के सोहीअनुरुपको अवस्था छ ? वास्तवमा दलहरुले समाजवाद सिद्धान्तको दुरुपयोग गरी सन्ततिलाई राजनीतिमा स्थापित गर्नु र सम्पति आर्जनगर्ने तर्फ केन्द्रीत देखिन्छ । विश्वका अधिकांस राजनीतिक दलले समाजवादको सिद्धान्तलाई अङ्गिकार गरेपनि इमान्दारिपूर्वक सो नीतिलाई कार्यान्वयन नगरेको सत्य हो ।

वास्तविक समाजवाद के हो ?

समाजवाद एक सामाजिक आर्थिक दर्शन हो । समाजवादी व्यवस्थामा धन– सम्पतिको स्वामित्व र वितरण समाजको अधिनमा रहन्छ । समाजवादको मुख्य उद्देश्य सम्पदाको उत्पादनको अधिकार समाज र राज्यको हातमा हुनुपर्ने हो । राजनीतिको आधुनिक अर्थमा समाजवादलाई पुञ्जिवाद वा मुक्त बाजारको सिद्धान्त विपरीत हेरिन्छ । १९ औं शताब्दीको पूर्वाधमा समाजवाद शब्दको प्रयोग व्यक्तिवादको विरोधमा र त्यस विचारको समर्थनमा गरिन्थ्यो, जसको उद्देश्य समाजलाई आर्थिक र नैतिक रुपमा परिवर्तन गर्नु थियो । सोको माध्यमबाट जीवनयापनमा व्यक्तिगत नियन्त्रणको ठाउँमा सामूहिक रुपमा नियन्त्रण गर्नु थियो ।

विट्रिस राजनीतिज्ञ विज्ञानी सी.ई.एम. जोडको नजरमा समाजवादको एक यस्तो टोपी हो, जसलाई आफ्नै अनुकुल पहिरिने गर्छन् । यो सिद्धान्त र आन्दोलन दुइटै रुपमा उपयोग गरिन्छ । यो एतिहासिक रु स्थानीय परिस्थितिमा विभिन्न रुपमा परिवर्तित हुने भएकाले यसलाई समाजवादको व्याख्यानकर्ताहरुलाई पनि परिभाषित गर्न कठिनाइ हुन्छ । समाजवादको राजनीतिक विचारधारा १९ औं शताब्दीको तेस्रो र चौंथो दसकमा इङ्गलेण्ड, फ्रान्स र जर्मनीलगायतको मुलुकमा लोकप्रिय हुन थालेको थियो । तीव्रगतिमा औंद्योगिकीकरण र शहरीकरण हुँदा पारम्परिक समाजमाथि कुठाराघात भयो । युरोपको समाजमा सुधार र परिवर्तनकारी शक्तिको बर्चस्व बढ्दै गएको थियो । समाजवादको विचारलाई प्रतिपादित गर्ने फ्रेडरिक एंगेल्स र कार्ल माक्र्स नै हुन् । समाजवाद एक यस्तो विचारधारा हो जसले आधुनिक कालमा नयाँ रुपमा प्रदान प्रदान गरेको छ । समाजमा पुञ्जिपतिवर्गद्वारा मजदुरवर्गको शोषण चरमोत्कर्ष अवस्थामा रहेको बेलामा फ्रान्सको औंद्योगिक क्रान्तिले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । सो शोषणविरुद्ध अवाज उठाउन र वर्गविहिन समाजको स्थापनामा समाजवादी विचारले अग्रनी भूमिका निर्वाह ग¥यो । समाजवादले वस्तु उत्पादनमा मुख्यतः निजी स्वामित्वको ठाउँमा सामुहिक स्वामित्व वा धनको समाज समान वितरणमा जोड दिने गर्छ । शोषणमुक्त समाजको स्थापना गर्नुनै मुख्य लक्ष्य हो ।

शुरुवाती समयको समाजवादीहरुमा सेंट साइमन, चाल्र्स पूmरिए,लुई ब्लाँ र राबर्ट ओवेनको नाम विशेष रुपमा लिइन्छ । यी सवै समाजवादी उच्च र व्यवहारिक आदर्शसे प्रभावित भएर ‘वर्ग सङ्घर्ष’को सट्टा ‘वर्ग समन्वय’को कुरा गर्दथ्यो । अर्को किसिमका समाजवादीमा एंगेल्स र कार्ल माक्र्सपछि विचारकहरुले ‘साम्यवादी’ भन्न थाल्यो । यिनीहरुले वर्ग समन्वयको स्थानमा वर्ग सङ्घर्षको कुरा गर्न थाल्यो । यिनीहरुले समाजवादको नयाँ व्याख्या प्रस्तुत गरे जसलार्इ वैज्ञानिक समाजवाद भन्ने गरिन्छ । माक्र्सवादी दर्शन साम्यवादको नामले विख्यात भयो । माक्र्सको विचारमा मानव इतिहास ‘वर्ग सङ्घर्ष’को इतिहास हो । इतिहास उत्पादनको साधनमाथि नियन्त्रणका लागि दुई वर्गबीच चलिरहेको सङ्घर्षमा आधारित देखिन्छ । जवकि सम्बन्धित समाजवाद र साम्यवाद फरक छ । उदाहरणस्वरुप, श्रमिकवर्गको लागि उत्पादनको साधनमा समानता ल्याउनका लागि प्रयास गर्छन । साम्यवाद एक कदम अगाडि बढ्दै उत्पादन र खपत दुवैमा क्रान्तिकारी परिवर्तन ल्याउन खोज्छ । समाजवादको विषयमा माक्र्सको महत्वपूर्ण रचना ‘क्रिटीक आँफ गोथा प्रोगाम’ हो । त्यसमा उनले समाजवादलाई साम्यवादी समाजको दुई चरणको मध्यवर्ती अवस्थामा व्याख्या गरिएको छ । सवैभन्दा बढी ध्यान दिने विषय के हो भने माक्र्सको निःधनको आठ बर्ष सो रचना प्रकासित भएको थियो । त्यतिखेर माक्र्सवादी सिद्धान्तलाई खासै महत्व दिदैन्थ्यो ।

माक्र्सवादको मूल सिद्धान्तलाई आफ्नो नीतिमा समावेश गर्ने श्रेय लेनिनले पाएको छ । उनले आफ् नो कृति ‘स्टेट एण्ड रेवोल्युशन’मा माक्र्सलाई उद्धृत गर्दै समाजवादको साम्यवादी समाजको रचनामा पहिलो चरण बताएको थियो । लेनिनपछि समाजवाद माक्र्सवादी शब्दावलीमा समावेश भयो । त्यसपछि, कुनै व्यक्ति वा दलले वैचारिक सिद्धान्त फरक भएपनि आपूmलाई समाजवादी वा साम्यवादी भन्न सकिन्थ्यो । विचारको विभाजन रेखा यस कुराबाट निर्धारित हुन्थ्यो कि दल वा व्यक्तिको लागि क्रान्तिकारी गतिविधिहरु तात्कालीन र दूरगामी लक्ष्य के हो । यदि कुनै व्यक्ति आपूmलाई समाजवादी भन्न रुचाउथ्यो भने यसको अर्थ उनी साम्यवादी समाजको रचनामा पहिलो चरण जोड दिइरहेका छन् । सोही कारणले कतिपय समाजवादी मुलुकमा शासन गर्ने दलले कम्युनिष्ट घोषित गरेपनि अन्यथा सम्झदैन्थ्यो । कार्ल माक्र्स र एंगेल्सद्वारा प्रतिपादित समाजवादी विचारधारालाई वैज्ञानिक समाजवादको नामले पहिचान स्थापित छ । कार्ल माक्र्सको दृष्टिकोण अनिवार्यता पूर्वकालीन समाजवादीको विपरीत थियो । पूर्वसमाजवादीको विचारमा आर्थिक विषमता हटाउन कमजोर वर्गलाई आर्थिक रुपमा सवल बनाउनका लागि नयाँ नयाँ योजनाका लागि रकम वितरणमा जोड दिने गर्दथ्यो । तर, उसले यो बताएन कि विषमता के कारणले हुन्छ र उसको उत्पादनको विधिसँग के सम्बन्ध छ । उनले विद्यमान अवस्थामा सुधारका लागि कुनै क्रियात्मक व्यहारिक दर्शन प्रदान गरेको थिएन् । उनको विचारधारालाई कल्पनावादी समाजवादको नामले चिनिन्छ ।

भारतमा समाजवादी विचारधारालाई एक आन्दोलनको स्वरुप प्रदान गर्न र प्रभावशाली रुपिमा प्रचार गर्नमा डा. राममनोहर लोहियाले अग्रनी भूमिका निर्वाह गरेको थियो । उनी समाजवादी भएपनि गान्धीवादी चिन्तक, राजनीतिक, इतिहासकार, अर्थशास्त्री, दार्शनिक र विख्यात लेखकको रुपमा पहिचान स्थापित छ । डा. लोहियाको विचार कार्ल माक्र्स र महात्मा गान्धीको असाधारण प्रभाव परिलक्षित तियो । उनले अद्भूत समन्वय स्थापित गरेर दुवैको महत्वपूर्ण सुझावलाई समेटेर नयाँ विचारको विकास गरेको थियो । डा. लोहियाले कार्ल माक्र्सको द्वन्द्वात्मक भौंतिकवादको सिद्धान्तलाई स्वीकार गर्दथ्यो तर, उनले चेतनालाई महत्वपूर्ण स्थान दिएको थियो । उनले दुइटै सामान्य उद्देश्य र आर्थिक उद्देश्यलाई स्वतन्त्र अस्तित्वको रुपमा स्वीकार गर्दथ्यो । अहिलेको समाजवादप्रति उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीको व्यङ्ग्यात्मक टिप्पनी सटिक देखिन्छ । ‘इतिश्री’ !

Comment


Related News

Latest News

Trending News