अपडेट 
२०८० बैशाख ३, आईतवार ०७:३२

मधेश कृषि विश्वविद्यालय मधेश प्रदेश सरकारको प्रादेशिक व्यवस्थापनमा उच्च कृषि जनशक्ति तयार गर्न कृषि, पशु तथा वन विज्ञान सम्बन्धी अध्ययन तथा अनुसंधानलाई समय सापेक्ष व्यापक, व्यवहारिक तथा स्तरीय बनाउन मधेश कृषि विश्व विद्यालय ऐन २०७९ (प्रदेश कृषि विश्व विद्यालय अध्यादेश २०७८) अनुसार २०७८ मंशिर २७ गते राजविराजमा स्थापना भएको हो । उक्त ऐनले कृषि, पशुपालन, मत्स्यपालन, खाद्य तथा वा विज्ञानमा शिक्षा, अनुसन्धान र प्रसार मार्फत दक्षजनशक्ति उत्पादन गर्ने र मधेस प्रदेश तथा राष्ट्रका लागि उपयुक्त नयाँ प्रविधिहरू उत्पादन गर्ने कार्यादेश दिएको छ । यस विश्वविद्यालयले प्रदेश र सम्पूर्ण नेपालका किसानहरुका समस्या पहिचान गरी समाधान गर्न प्रयास गर्दछ । खाद्यान्न, चारा, दाना, आम्दानी, रोजगारी र राजस्व उत्पादनको प्राथमिक र प्रमुख स्रोत कृषि हो । कृषि उच्च प्रभावकारी क्षेत्र हो, जसलाई खाद्य तथा पोषण सुरक्षा गर्न र उपयुक्त प्रविधिको विकास र स्थानान्तरणको साथै देशका जनताको जीवनस्तरमा सुधार गर्न केन्द्रित हुनु आवश्यक छ ।

नेपालमा कृषि

खाद्यान्न, चारा, दाना, आम्दानी, रोजगारी, राजस्व र वातावरणको प्रमुख स्रोत कृषिहो । कृषि क्षेत्रले कुलगार्हस्थ उत्पादनको करिब एक तिहाइ र कुल श्रमशक्तिको दुई तिहाइ रोजगारी सृजना गर्न योगदान पु¥याउँछ । बालीको उत्पादकत्वमा कमीले खाद्यान्न अभाव निम्त्याएको छ र खाद्यान्न, तरकारी, फलफूल र अन्य कृषि उत्पादनको आयातलाई बढावा दिएको छ । युवाहरूको बसाइँसराइले सामाजिक असमानता र विघटन पनि निम्त्याउँछ । दिगो बाली व्यवस्थापनका प्रविधि तथा अभ्यासहरू विफल वा अयोग्यताले परिवार, समुदाय र राष्ट्रिय स्तरमा धेरै सामाजिक–आर्थिक समस्याहरू उत्पन्न हुन सक्छ । कृषि द्रुत रूपमा प्रभाव पार्ने क्षेत्र भएकाले जनता, समाज र देशको लागि टडकारो रुपमा खाँचो रहेको छ । नवस्थापित विश्व विद्यालयले भर्खरै ४ वर्षे (८ सत्रको) कृषि स्नातकतहको पठन पाठन आरम्भ गर्न फरक किसिमले आधुनिक तथा सृजनशील पाठ्यक्रम तयार गरेको छ । विशेष गरी कृषि विषय बहुआयामिक विषय भएकोले स्नातकतहको पाठ्यक्रमको तयारी एक कठिन र परिश्रमदायी कार्य हो । यस बाहेक, सहस्राब्दीको वर्तमान परिवर्तन र आवश्यकतामा, विशेष विषयमा विशेष जोड दिनु आवश्यक रहन्छ ।

मधेश प्रदेशको कृषिका विशेषताहरू

मधेसको ठूलो जनसंख्या कृषिमा निर्भर छ । यसलाई नेपालको खाद्य भंडार पनि भनिन्छ । यस भूगोलमा प्रशस्त समतल जमिन, माटोको उर्वरता र विविध हावा पानीका कारण ठूलो मात्रामा खेती गर्ने सम्भावना रहेको छ । मधेस प्रदेशमा सिँचाइ, यान्त्रिकीकरण, भण्डारण, ढुवानी, प्रशोधन र बजारीकरणको सहज पहुँच छ । यस प्रदेशमा अनाज, दाल, नगदे बाली, तरकारी, फलफूल, फूल, उदाहरणका लागि दाल, परेवा, मटर, मोरिङ्गा, ओल, आँप, लिची, मसला आदि जस्ता उच्च मूल्यका बाली उत्पादन गर्ने सम्भावना रहेको छ । मधेसका प्रणालीहरूले धेरै जलवायु परिवर्तनका संकट र जोखिमहरू सामना गर्नु परेको छ, जसले कृषि उत्पादन र उत्पादकतालाई असर गर्छ । परिणाप स्वरुप खाद्यान्न अभाव र गरिबी निम्त्याउँछ । किसान सचेतना कार्यक्रमको अभावले नयाँ प्रविधिलाई आत्मसात र अङिकार गर्न अनभिज्ञ छन् । कृषि सामग्रीको अभाव र समयमा उपलब्ध नहुनु, प्राविधिक सहयोग र उपयुक्त अनुसन्धान सहितयसको विस्तार संयन्त्र एकदमै कमजोर रहेको छ । ग्रामिण क्षेत्रमागाईको गोबर जलाउने, बिरुवाको अवशेष जलाउने जस्ता कृषि प्रणालीमा अस्वस्थ अभ्यासहरूले माटोको उर्वरता घटाउँछ । पाठ्यक्रम निर्माणका निर्देशक सिद्धान्तहरुः विश्व विद्यालयले कृषि स्नातकको पाठ्यक्रम निर्माण गर्दा बाली र पशु उत्पादकता वृद्धि, खाद्य र पोषण सुरक्षा सहयोगी, कमजोरतथा संकटासन्न समुदायको जीविकोपार्जनमा सुधार, प्रतिकूल अवस्था सह्ने प्रविधिहरू र आनुवंशिक क्षमतावान, महिला मैत्री तथा रैथाने किसिमका अनुसन्धान र नवीनता, स्थानीय, राष्ट्रिय र विश्वव्यापी आवश्यकताहरू सम्बोधनगर्ने, व्यावहारिक र अनुभवमा आधारित, प्राकृतिक तथा रैथाने स्रोतको संरक्षण र दिगो उपयोग जस्ता कुराहरुलाई निर्देशक सिद्धान्तको रुपमा अंगीकार गरेर यो पाठ्यक्रम निर्माण गरेको छ । यो पाठ्यक्रम सैद्धान्तिक विषय मात्र हैन अभ्यास तथा प्रयोगमा आधारित, जीविनोपयोगी शिक्षा, मधेश तथा राष्ट्रको माटो हावा पानी संस्कृति सुहाउँदो, आत्म निर्भर, स्वाबलम्बी, नैतिकवान, उर्जावान, उद्यमशील तथा सृजनशील जनशक्ति उत्पादन कसरी हुन्छ, भन्ने कुरालाई विशेष ध्यान दिइएको छ । यीनै कुराहरुलाई मननगर्दै देश तथा विदेशका १७ वटा विश्वविद्यालयका पाठ्यक्रम अध्ययन गरेर देशका विज्ञ तथा अनुसंधान कर्ताहरुसँग छलफल गरेर बनाइएको तथा ६० जना देशका प्रख्यात विज्ञ, प्राध्यापक, प्रसारकर्ताहरुको २ दिनको अन्तत्र्रिmयाबाट तथा कार्यदलको सहयोगमा तथा धेरै परिमार्जन संशोधन पश्चात निर्माण गरिएको पाठ्यक्रम हो ।

समेटिएका विषय वस्तुहरु

विद्यार्थीहरूलाई विषय वस्तुहरु नदोहोरिउन तथा उनीहरूलाई भार नपरोस् भनेर सधैं ध्यान दिनुपर्छ भन्ने कुरा ध्यान दिईएको छ । त्यसैलाई ध्यानमा राखेर शारीरिक शिक्षा र योग, बीउ प्रविधि, जैविक प्रविधि, वातावरण विज्ञान र कृषि पारिस्थितिकी, जलवायु परिवर्तन र कृषिमा अनुकूलन, कृषि जैविक विविधता, विपद् व्यवस्थापन, शहर वरिपरि र संरक्षित बागवानी, तरकारी बीउ उत्पादन जस्ता आधुनिक विषयहरूसँग केही नयाँ व्यवस्था गरिएको छ । उत्पादन, फार्म डिजाइन र संरचना, स्वदेशी कृषि, कृषि पर्यटन र कृषि वन, कृषि मौसम विज्ञान, न्क्ष्क् र रिमोट सेन्सिङ, सुधारात्मक प्रजनन, कृषि परियोजना योजना र जीविकोपार्जन, कृषि व्यवसाय व्यवस्थापन, माछा प्रजनन र ह्याचरी व्यवस्थापन, प्राविधिकपत्र लेखन र सूचना प्रविधिसंचार अनिवार्य मूल विषयका रूपमा कृषि एप्स साथै मूल्य श्रृंखला पद्धति, परियोजना निर्माण र विकास, कृषि व्यवसाय व्यवस्थापन, बीउ रोग विज्ञान, हाइब्रिड बाली उत्पादन प्रविधि, जलवायुमैत्री कृषि, आईपीएम, अग्रिम बिरुवा प्रजनन, हेटेरोसिस प्रजननलाई विशिष्टिकृत ऐच्छिक विषयको रूपमा पाठ्यक्रमको पाठ् यक्रममा विचार गरिएको छ । यस पाठ्यक्रममा खाद्यान, तेलहन, दलहन, नगदे बाली, तरकारी, फलफूल, बगर खेती, सोहजन, ओल, च्याउ, माछा, बाख्रा, बंगुर, कुखुरा, परेवा, गाईवस्तु, दूध, मासु आदि उत्पादन, पालनपोषण, बीउ उत्पादन, प्रशोधन, बजारीकरण तथा भंडारण एवं सहकारी वितिय संस्था सम्बन्धी आदि विषयहरु समावेश गरिएको छ । यसमा जोत्ने, सिंचाई, मलप्रयोग, गोडाइ, काट्ने, झार्ने, प्रशोधनगर्ने, भंडारण, ओसार्ने खालका आधुनिक प्रविधिहरु तथा यान्त्रिकिकरण आदि विषयमा स्पष्ट रुपमा समेटेको छ । कृषि स्नातकको पाठ्यक्रममा जम्मा १७० क्रेडिट आवर जसमा १५८ कक्षा भारका मुल कोर्ष तथा १२ कक्षा भारका एैच्छिक विशिष्टिकृत कोर्षमा बिभाजित गरिएको छ । यस पाठ्यक्रमको रोचक कुरा सैद्धान्तिक कक्षा भार १०४ तथा प्रयोगात्मक कक्षा भार ६६ रहेको छ । अतः यो पाठ्यक्रम नेपालका प्रख्यात बैज्ञानिक, प्राध्यापक तथा विकास विज्ञहरुको सहयोगमा निर्माण भएकोले नेपालका समस्त भौगोलिक, सामाजिक तथा साँस्कृतिक समुह समुदायका लागि फलदायी तथा परिणाममूखी बनाउन सिद्ध हुने छ भनी विश्वास लिइएको छ ।

Comment


Related News

Latest News

Trending News