अपडेट 
२०८० बैशाख ३, आईतवार ०७:४६

आगामी १० गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा गठबन्धनले बैशाख ६ गते बृहत् आमसभाको आयोजना गर्ने भएको छ ।

गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका माधव कुमार नेपाल र लोकतान्त्रिक सामाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सो क्षेत्रमा गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन् ।

त्यो क्षेत्रमा नेकपा एमाले र जसपा बीच प्रतिस्पर्धा हुने देखिएको छ । गत निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा एमाले जसपा गठबन्धनका उम्मेदवार रामसहायप्रसाद यादव निर्वाचित भएका थिए । उनी उपराष्ट्रपतिमा निर्वाचित भएपछि त्यो क्षेत्रमा उप निर्वाचन हुन लागेको छ । त्यो क्षेत्रमा पहिलो स्थानमा गठबन्धन, दोस्रोमा एमाले र तेस्रोमा जनमत पार्टीका उम्मेदवार देखिएको स्थानीयबासीहरुको भनाइ छ । हुनत जनमतले माओवादी केन्द्रका शिवचन्द्र कुशवहालाई उम्मेदवार बनाएका छन् । कुशवाहा तत्कालीन गठबन्धनाबाट राम सहाय यादवबाट करिव ४ सय मतले पराजित भएका थिए । त्यो क्षेत्रमा जसपा र माओवादी केन्द्रको संगठन राम्रो छ । त्यसपछि एमाले र कांग्रेस तथा लोसपाको रहेको छ । अहिले माओवादी केन्द्र, जसपा, नेपाली कांग्रेस, लोसपाका उम्मेदवार यादव रहेको र एमाले तथा जनमत बेग्ला बेग्लै निर्वाचनमा भाग लिएका कारण गठबन्धन बलियो स्थितिमा देखिएका छन् ।

Comment


Related News

Latest News

Trending News