२०८० बैशाख ४, सोमबार ०७:३१

वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको परीक्षा केन्द्र पर्सा जिल्लामै हुनुपर्ने माग गर्दै विद्यार्थीहरु आन्दोलित भएका छन् ।

स्नातक तह प्रथम वर्षको परीक्षा केन्द्र बाराको कलैया र सिमरामा परेपछि विद्यार्थीहरु आन्दोलित बनेका छन् ।आइतबार विद्यार्थीहरुले क्याम्पसको परीक्षा शाखामा तालाबन्दी गर्नुको साथै क्याम्पस प्रशासनको विरोधमा चर्को नाराबाजीसमेत गरेका छन् । बीबीएस र बीएड प्रथम वर्षको परीक्षा केन्द्र बाराको कलैयास्थित रामराजा कलेज र सिमरा कलेजमा परेपछि प्रथम वर्षका विद्यार्थीले विरोध गरेको अखिल क्रान्तिकारी पर्साका अध्यक्ष मिरोज अहमदले जानकारी दिए । ‘बारामा परीक्षा केन्द्र राखेर विद्यार्थीलाई सास्ती दिने काम भएको छ , उनले भने, ’केन्द्र पर्सामा नै हुनुपर्छ भन्ने विद्यार्थीको माग जायज छ, त्यसमा हामीले पनि साथ दिएका छौं।’ पर्साको जुनसुकै कलेजमा परीक्षा केन्द्र राखे पनि स्वीकार गर्ने तर बारामा परीक्षा दिन नजाने अडान विद्यार्थीहरुले राखेका छन् । विद्यार्थीले प्रवेश पत्र पनि लिएका छैनन् । उनीहरुले क्याम्पस प्रमुख लगायत क्याम्पसका कुनै पनि सम्बन्धित व्यक्तिले चासो नदिएको भन्दै आपत्ति जनाएका छन् ।

Comment

Related News

Latest News

Trending News