
बिभिन्न माग राख्दै काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका मिटरव्याजी पीडित र प्रहरीबीच काठमाडौंमा झडप भएको छ ।
काठमाडौंमा बृहत मार्च पास गर्नका लागि शान्तिबाटीकाबाट निस्कने क्रममा प्रहरीले रोक्दा दुईपक्षबीच झडप भएको हो । मिटरव्याजी पीडितलाई प्रहरीले गेटबाट बाहिर निस्कन नदिएपछि उनीहरुले प्रहरीमाथि ढुङ्गामुडा गरेका थिए । सो क्रममा भएको झडपमा दर्जनबढी मिटरव्याजी पीडित घाइते भएका छन् । मिटरव्याजी पीडितको आन्दोलनलाइ रोक्न प्रहरीले पानीको फोहरा प्रहार गरेको थियो । सरकारसंगको वार्ता भंग भएपछि मिटरब्याजी पीडितले काठमाडौंमा बृहत मार्च पास गर्न खोजेका थिए ।
मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारसमक्ष बिभिन्न ६ बुँदे माग राख्दै आएको छ । चक्रवृति तथा मिटर व्याजीलाई कारवाही गर्नुपर्ने, जाली तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्ने लगाएतमा माग राख्दै पीडितहरुले आन्दोलन गरिरहेका छन् ।