अपडेट 
२०८० बैशाख ५, मंगलवार ०६:५३

बारा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफू अत्यधिक मतसहित चुनाव जित्नेमा कुनै शंका नरहेको बताएका छन्।

पाँच दलीय गठबन्धनका साझा उम्मेदवारसमेत रहेका जसपा अध्यक्ष यादवले आफ्नो कसैसंग प्रतिस्पर्धा नै नरहेकोले आफू अत्यधिक मत सहित निर्वाचन जित्ने दाबी गरेका छन्। आफ्नो निर्वाचन क्षेत्र बारा क्षेत्र नं.२ को महागढीमाई नगरपालिका– ८ मा सोमबार चुनाव प्रचार प्रसारको क्रममा पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष यादवले यस्तो बताएका छन्। मधेशको हक अधिकारका लागि संसदमा अवाज उठाउन आफ्नो ठूलो आवस्यकता रहेको महसुस गर्दै बारा क्षेत्र नं २ का जनताले आफूलाई यही क्षेत्रबाट चुनाव लड्न निकै दबाब दिएको कारण आफू चुनाव लडेकोले बारा क्षेत्र नं २ का जनता अत्यधिक मतसहित चुनाव जिताउनेमा आफू ढुक्क रहेको उनले प्रष्ट पारेका छन्। घरदैलोको क्रममा जनताको अपार साथ, सहयोग र समर्थन पाइरहेको बताउँदै उनले बारा क्षेत्र नं २ बासी आफूलाई मत दिन आतुर रहेको बताए । पाँच दलीय गठबन्धन भित्रका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी सहितका दलहरुको साथ र सहयोग रहेको कारण विपक्षीले जति जालझेल र षड्यन्त्र गरे पनि आफू चुनाव जित्ने उनले दाबी गरे ।

यो क्षेत्र विकास निर्माण कार्यदेखि लिएर शिक्षा, स्वास्थ्य, कृषिलगायत हरेक क्षेत्रमा नै धेरै पिछडिएको हुनाले आफू निर्वाचित भएपछि यस क्षेत्रका हरेक समस्या समाधान गर्ने बताए। आफू चुनाव जित्ने वितिकै यस क्षेत्रमा विकास निर्माण कार्यलाई तीव्रता दिने बताउँदै उनले यस क्षेत्रका हरेक समस्या समाधानका लागि आफू चुनाव जित्नुको विकल्प नरहेको उनले धारणा राखे । मधेश र मधेशी जनताको अधिकारका लागि संघर्षलाई जारी राख्दै अब मधेश प्रदेशको समग्र विकासका लागि जसपा सबैसंग हातेमालो गरेर अगाडि बढिसकेको बताए । जसपा जसरी मधेशको अधिकारका लागि लड्दै आएको छ त्यस्तै, अब मधेशको विकासका लागिसमेत लड्ने उनले बताए ।

Comment

Related News