अपडेट 
२०८० बैशाख ५, मंगलवार ०७:०९

प्रादेशिक अस्पताल जनकपुरधामले एक महिनामा एक सय भन्दा बढी शल्यक्रिया भएको छ।

गत चैत महिनाभरिमा अस्पतालको एक मात्र ओटी(अप्रेशन थिएटर)मा एक सय पाँच भन्दा बढी शल्यक्रिया गरिएको र सो संख्या अहिलेसम्मकै उच्च रहेको अस्पतालका उपनिर्देशक डा.केडी दासले बताउँदै यस अघि फागुन महिनामासमेत एक सय भन्दा बढी सफल शल्यक्रिया गरिएको जानकारी दिए । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत अस्पताल आएपछि दुई महिनाको अवधिमा यति धेरै संख्यामा शल्यक्रिया भएको बताइएको छ । एपेन्डीसाइटिस, हाइड्रोशील, पित्तथैली, आन्द्रा उल्टेकोलगायतका सर्जरी तथा अर्थोको हाडहरुको विभिन्न शल्यक्रिया गरिएको छ । अस्पतालमा चार जना सर्जनहरु तथा अर्थोका पाँच जना चिकित्सकहरु कार्यरत रहेको र अहिलेसम्म भएको शल्यक्रिया सफल भएकोले आगामी दिनमा अस्पतालमा यस भन्दा पनि धेरै संख्यामा शैल्यक्रिया हुने सम्भावना देखिएको छ ।

त्यस्तै अस्पतालमा अर्को अप्रेशन थिएटर समेत तयारी अवस्थामा रहेको र केही काम मात्रै बाँकी रहेकोले सोको सञ्चालन पनि छिट्टै गरिने जानकारी दिइएको छ । प्रादेशिक अस्पतालमा कुनै पनि अप्रेशन गराउनु पर्दा साढे सात हजार अप्रेशनको खर्च लाग्ने गरेको छ भने सोही अप्रेशन कुनै निजी अस्पतालमा गराए चार गुणा बढी आर्थिक भार पर्ने भएकोले प्रादेशिक अस्पतालमै अप्रेशन गराउनुपर्ने सुझावसमेत दिइएको छ ।

Comment


Related News

Latest News

Trending News