अपडेट 
२०८० बैशाख ५, मंगलवार ०७:२६

रामसागर रामस्वरुप बहुमुखी क्याम्पस (राराब)का कर्मचारीहरु आन्दोलित भएका छन् ।

११ बुंदे माग राख्दै कर्मचारीहरु दोस्रो दिन सोमबार क्याम्पसको प्रशासनिक कामकाज ठप्प पारेका छन् । पहिलो दिन धर्ना दिँदै हातमा कालोपट्टी बाँधेर उनीहरुले प्रदर्शन गरेका थिए । विद्यार्थी संख्या अनुसार कर्मचारी र शाखा हुनुपर्ने उनीहरुको प्रमुख माग अघि सारेका छन् । स्ववियु निर्वाचनमा खटिएको कर्मचारीहरुको भत्ता पनि पठाइएको थिएनन् । तर उनीहरुले धर्नाको कार्यक्रम शुरु गरेपछि क्याम्पसले पठाएको बुझिएको छ । दरबन्दी मागको लागि क्याम्पसले पहल नगरेको कर्मचारीहरुको गुनासो छ । कर्मचारीहरुको मागको विषयमा मंगलबार वार्ता हुने क्याम्पस प्रमुखले तयारी गरेका छन् । वार्ताबाट उनीहरुको माग सम्बोधन गर्ने बताइएको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठन र नेपाल प्रजातान्त्रिक कर्मचारी प्रगतिशील समूहमा आवद्ध कर्मचारीहरुले गत चैत २४ गते ११ बुंदे माग अघि सार्दै क्याम्पस प्रमुखको ध्यानाकर्षण गराएका थिए । सो मागलाई क्याम्पसले वेवास्ता गरेपछि धर्नासहितको आन्दोलन शुरु गरिएको छ ।

Comment


Related News

Latest News

Trending News