
सिरहा प्रहरीले मिटरब्याजी रामबाबु यादवलाई पक्राउ गरेको छ ।
सिरहाको मालपोत कार्यालयबाट औरही गाउँपालिका– ३ खजनपुर घर भएका यादवलाई प्रहरीले पक्राउ गरेको छ । ठगी सम्बन्धी मुद्दा परेको आरोपमा यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए । जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान अगाडि बढाएको उनले बताए । सिरहाकै एक महिलाले उनीमाथि ठगी मुद्दा दर्ता गराएकी छन् । सयकडा ३ रुपैयाँमा रकम लगानी गर्ने गरेको र रकम तिरिसक्दा पनि कपाली कागजतमसुक) नदिएको उनीमाथि आरोप लागेको छ । यादवमाथि जिल्ला प्रशासन कार्यालयमा पनि अन्य पीडितहरुले उजुरी दिएको बुझिएको छ ।