अपडेट 
२०८० बैशाख ६, बुधबार ०७:१७

रामसागर रामस्वरुप बहुमुखी क्याम्पस (राराब) का प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्ने कर्मचारीहरुले चेतावनी दिएका छन् ।

मंगलबार कर्मचारी संगठनहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै क्याम्पस प्रमुख प्रदीप साहको कार्यकक्षमा तालाबन्दी गर्ने जनाएको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल प्रजातान्त्रिक कर्मचारी समूह र प्रगतिशील कर्मचारी समूहमा आवद्ध कर्मचारीहरुले जारी गरेको विज्ञप्तिमा प्रमुखलाई क्याम्पस परिसर प्रवेशमासमेत निषेध गरिएको उल्लेख गरेका छन् । कर्मचारीहरुले गत चैत २४ गते बुझाएको १३ बुंदे मागलार्इै क्याम्पस प्रमुख साहले बेवास्ता गरेको आरोप छ । कर्मचारीहरुले पहिलो दिन धर्ना दिँदै हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका थिए । विद्यार्थी संख्या अनुसार कर्मचारी र शाखा हुनुपर्ने उनीहरुको प्रमुख माग रहेको छ । दरबन्दी मागको लागि क्याम्पसले पहल नगरेको कर्मचारीहरुको गुनासो छ । कर्मचारीहरुको मागको विषयमा मंगलबार वार्ता भए पनि सहमति हुन सकेनन् ।

Comment


Related News

Latest News

Trending News