अपडेट 
२०८० बैशाख ६, बुधबार ०७:२०

धनुषा प्रहरीले अनलाइन ठगीमा संलग्न रहेको आरोपमा जनकपुरधामबाट पक्राउ गरेकामध्ये २ जना विरुद्ध मुद्दा प्रक्रिया अगाडि बढाएको छ ।

प्रहरीले गत चैत २० गते जनकपुरधामको पिराडी चोकबाट अनलाइन ठगी कारोबारमा संलग्न रहेको आरोपमा २३ जनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका २३ जनामध्ये २ जनामाथि मुद्दा प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । सत्यानन्द राम र विजय सिंहमाथि राष्ट्र बैंक कसूर अन्तर्गतको मुद्दा चलाइएको उनले बताए । बाँकी २१ जनालाई तारिखमा छोडिएको प्रवक्ता गौतमले जानकारी दिए ।

Comment


Related News