अपडेट 
२०८० बैशाख ६, बुधबार ०७:३०

दुई दशक अगाडिसम्म भारतबाट नेपालसम्म सामान पु¥याउने भरियाको काम गर्दै आएका रक्सौल श्रीरामपुरका ताराचंद प्रसाद तेलीले वीरगञ्जमा तेली समाजको बैठक बसेर धर्मशाला निर्माण गर्ने प्रस्तावमाथि छलफल गर्दा आफ्नो नामबाट धर्मशाला निर्माणमा २५ लाख चन्दा दिने घोषणा गरेपछि वीरगञ्जका पुराना तेलीहरू एकआपसमा मुखामुख गर्न थाले। तारा प्रसाद साह भनिने ताराचन्द प्रसाद, उनकी श्रीमती कासमनी साह र छोरा विवेक गुप्ताको नाम अहिले पनि बिहार निर्वाचन आयोगको सूचीमा रहेको छ । वीरगञ्जमा अफिस, घर, गोदाम गरी ५ वटा भवन र वीरगञ्ज महानगर पालिकाभित्र करीब १० बिघा जग्गाको मालिक ताराचन्द आफ्नो जेठो छोरालाई बारा जिल्लाको इटियाहीबाट जन्मको आधारमा मिति २०६३ फागुन ११ गते नागरिकता दिलाएका थिए । सोही नागरिकताको आडमा नितेश फुड प्रोडक्टस् प्रालि खड़ा गरी सिभिल बैंकबाट डेढ़ सय करोड़को ऋणसमेत लिएका छन ।

खानदानी तीन पुस्ते बंशज नागरिकलाई ऋण दिन नमान्ने नेपाली बैंकहरू नव नागरिक, खासगरी २०६३ सालमा नागरिकता लिएकाहरूलाई जति पनि ऋण दिन तयार छन्, जसको ज्वलंत उदाहरण हुन् नितेश । नितेशको बुवा, आमा र कान्छो भाइ बिहारी नागरिक भएको प्रमाणले पुष्टि गर्दा गर्दै उनले झुटो विवरण पेश गरी बारा जिल्ला प्रशासन कार्यालयबाट खटेका टोली प्रमुख हरि प्रसाद शर्मालाई घुस खुवाएर नागरिकता लिन सफल भएका थिए। बुवा, आमा र कान्छो भाइ बिहारी नागरिक भएर के भो? म जन्मको आधारमा नागरिकता लिएको हुँ, म जस्ता हजारौँ लाखौँले लिएका छन् भन्दै नितेशले जसलाई जे सोध्नु/बुझ्नु छ त्यो बाराको सिडियो कहाँ गएर सोध्नोस् भनि जवाफ दिने गरेका छन् । जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश सर्राफ (राष्ट्रियता विवादित) को संरक्षणमा बस्दै आएका नितेश गुप्तामाथि गृह मन्त्रालय र सम्पत्ति शुद्धिकरण जस्ता निकायले अबिलम्ब छानबिन अगाडि नबढाए मुलुक भित्रको अरबौँको लगानी जुनसुकै बेला डुब्न सक्ने खतरा रहेको देखिएको छ ।

Comment


Related News

Latest News

Trending News