अपडेट 
२०८० बैशाख ६, बुधबार ०७:३५

बारा निर्वाचन क्षेत्र नम्बर २ मा आइतबार हुने उपनिर्वाचन सन्दर्भमा निर्वाचन क्षेत्रमा नेताहरुको भीड बाक्लिदै गएको छ । सत्ता गठबन्धनको सात दलले जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार उपेन्द्र यादवलाई सघाउँदै आएका छन् भने अन्य दलहरु एक्लै उम्मेदवारी दिएका छन् । सो अर्थमा नेताहरुले गठबन्धन उम्मेदवारको जित सुनिश्चित रहेको दाबी गरिरहेका छन् ।

नेपाली कांग्रेसका मधेश प्रदेश सभापति एवं प्रदेश सांसद कृष्णा प्रसाद यादवले गठबन्धनको जित पक्का रहेको बताए । सबै प्रकारले गठबन्धन जिताउन जोडबल गरेको उनको कथन छ । ‘हामीले पार्टीको निर्देशन अनुसार गठबन्धनलाई जिताउन हरेक प्रकारले सहयोग गरिरहेका छौं,’उनले भने,‘हाम्रो प्राय नेता कार्यकर्ताहरु फिल्डमै खटेर सहयोग गरिरहेका छन् ।’ जसपाको उम्मेदवार यादव भारी मतान्तरले विजयी हुने उनको विश्लेषण छ ।

नेकपा माओवादी केन्द्रका मधेश प्रदेश इन्चार्ज गणेश साहले गठबन्धन जिताउन माओवादीको सबै नेताले सकारात्मक रुपमा सघाइरहेको बताए । यसपालि गठबन्धनको पक्षमा महोल रहेको उनको दाबी छ । ‘विगतमा फरक परिस्थिति थियो,’उनले भने,‘तर, अहिले गठबन्धनभित्र सकारात्मकता देखिएको छ । जुन देशहितको लागि आवश्यक पनि छ ।’ उनले पालिका र प्रदेशको नेताहरुलाई गठबन्धनको उम्मेदवारलाई जिताउन अनुरोध गरेको बताए ।

लोकतान्त्रिक समाजवादी पाटीृ (लोसपा)मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्माले सबै इर्नजि लगाएर गठबन्धनको उम्मेदवारलाई जिताउन लागेको बताए । मधेश हक अधिकार र संघीयतालाई बचाउन उनलाई सहयोग गरेको उनको तर्क छ । बुधबार (आज) लोसपाको सबै प्रदेश सांसद निर्वाचन क्षेत्रमा गएर सहयोग गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, नेकपा एमालेका पुरुषोत्तम पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रमेश खरेल मुख्य प्रतिस्पर्धीको रुपमा देखिएका छन् । तर यस क्षेत्रमा जसपा अध्यक्ष यादव र एमाले उम्मेदवार पौडेलबीच प्रतिस्पर्धा हुने बुझिएको छ । बारा २ मा कोल्हवी नगरपालिकाको वडा नम्बर ८ र करैयामाई गाउँपालिका, महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, सुवर्ण गाउँपालिका, देवताल गाउँपालिकाको क्षेत्र पर्छ । यहाँ एक लाख पाँच हजार दुई सय ९८ मतदाता छन् ।

Comment


Related News

Latest News

Trending News