अपडेट 
२०८० बैशाख ६, बुधबार १५:५१

महोत्तरीको गौशाला नगरपालिकास्थित गौशाला सम्सी सडक खण्डमा आज दिउँसो बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

गौशालाबाट बर्दिबासतर्फ आउँदै गरेको बा३ख २३९६ नम्बरको बस र मधेश प्रदेश ०१—००४प ६८१९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । मृतक तीनै जना एकै परिवारको भएको खुल्न आएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सिराहा कल्याणपुरका २६ वर्षीय अमृत मण्डल, उनकी २४ वर्षीया श्रीमती अन्जु मण्डल र ६ वर्षीया भतिजी अंशु मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलीप कुमार गिरिले जानकारी दिनुभयो ।

ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको प्रहरी प्रवक्ता दिलीप गिरीले जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News