अपडेट 
२०८० बैशाख ६, बुधबार १६:५५

नेपालमा पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

२ हजार ४५०  नमूनामध्‍ये ७७८ जनाको पीसीआर परीक्षण गर्दा ५५ जना र १ हजार ६७२ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जना गरी १०८ जनामा कोरोना सङ्क्रमण देखिएको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या ३८६ जना पुगेको छ भने संस्थागत आइसोलेसनमा २१ जना, आइसियुमा ७ र भेन्टिलेटरमा ३ जना उपचाररत छन्। सङ्क्रमण बढेसँगै  स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ ।

Comment


Related News

Latest News

Trending News