मधेश प्रदेशलाई डिजिटल बनाउनेमा जोड दिइएको छ ।
बुधबार आइसिटी फाउन्डेसन नेपालद्वारा आयोजित कार्यक्रमका सहभागीहरुले डिजिटल मधेश बनाउन जोड दिएका छन् । ‘फोस्टरिङ डिजिटल्ली सक्षम प्रदेश’ नारा दिएर डिजिटल मधेश प्रदेश संवाद पनि भएको थियो । सो कार्यक्रममा नीति तथा योजना आयोगका उपाध्यक्ष नाथु प्रसाद चौधरी, नगर प्रमुख मनोज कुमार साह, शिक्षा प्रेमीहरुले प्यानलमा सहभागी भएका थिए । संवादमा प्रदेशको डिजिटल अवस्था, आगामी दिनमा लिनुपर्ने नीति तथा कार्ययोजना बारे पनि चर्चा गरिएको थियो । आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालले प्रदेश डिजिटल रुपान्तरणको लागि कति सक्षम छ भन्ने बिषयमा केन्द्रित भएर संवाद गरिएको बताए । गत वर्ष पनि आइसीटी फाउन्डेसन नेपालले सातै प्रदेशमा डिजिटल प्रदेश संवाद आयोजना गरेको थियो । यस वर्ष पनि यही वैशाख ४ गते कोशी प्रदेशको राजधानी विराटनगरमा डिजिटल कोशी संवाद सम्पन्न गरी मधेश प्रदेशमा सो कार्यक्रम गरेका छन् ।
सातै प्रदेशमा यो कार्यक्रम हुने आयोजक संस्थाले जनाएको छ । डिजिटल संवाद सम्पन्न भएपछि समग्र प्रदेशको डिजिटल अवस्था समेटिएको अनुसन्धानमा आधारित एक पुस्तक डिजिटल प्रदेश परिदृश्य २ समेत प्रकाशन हुनेछ ।