अपडेट 
२०८० बैशाख ७, बिहीबार ०७:३९

धनुषाको विदेह नगरपालिका–६ तिनकौरिया चोकमा रहेको जनता नमुना माध्यमिक विद्यालय गिद्धा–बेलापट्टीका शिक्षकहरुले आफ्ना छोराछोरीहरुलाई सामुदायिक विद्यालयमै पढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नयाँ शैक्षिक सत्र २०८० देखि कक्षा नर्सरीदेखि कक्षाः६ सम्मअंग्रेजी माध्यमबाट पढाइने घोषणा कार्यक्रममा अभिभावकहरुले शिक्षकहरुले नै बोर्डिंग स्कुलमा पढाउने गरेको गुनासो गरेका थिए । सो गुनासोपछि सोमबार प्रार्थनाको समयमै प्रधानाध्यापक पवन मण्डलको नेतृत्वमा शिक्षकहरुले छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउने सामूहिक प्रतिबद्धता व्यक्त गरे । बुधबार आयोजित घोषणा कार्यक्रममा प्रधानाध्यापक मण्डलका अनुसार अबदेखि कक्षा ६ सम्मको अध्ययन अंग्रेजी भाषामा पनि हुने भएको छ ।

Comment


Related News

Latest News

Trending News