
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सता गठबन्धन धेरै दिन नटिक्ने दाबी गरेका छन् ।
बाराको पचरौतामा नेकपा एमाले जिल्ला कार्यसमितिले आयोजना गरेको बृहत् आमसभामा पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले विकासको काम भन्दा बढी गठबन्धनलाई नै जोड दिने गरेका ती नेताहरुले मुलुकमा विकास र समृद्धि ल्याउनु भन्ने कुरा हास्यास्पद रहेको टिप्पणी गरेका छन् । यदि यो गठबन्धनले निरन्तरता पायो भने मुलुक दुर्घटित हुने उनले बताए । पछिल्लो समयमा एमाले पार्टीको सरकारले गरेका राम्रा कामहरुलाई छायामा पर्ने कामहरु सता गठबन्धनले गरिरहेको हुँदा सोको मूल्यांकन जनताले गर्ने विश्वास उनले व्यक्त गरे । विधवा भत्ता, वृद्ध भत्तामा बढोत्तरी गर्ने जस्तो लोकप्रिय कामहरु एमालेको सरकारले गरेको भए पनि ती कामलाई वर्तमान सरकारले कम गर्ने गृहकार्य गरिरहेको हँुदा त्यस्ता कामप्रति एमालेको पूर्णतः विमति रहेको उनले बताए । मुलुकको विकास, समृद्धि अब एमाले पार्टीको काँधमा जिम्मेवारी आएको हुँदा बारा उपनिर्वाचन क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार पुरुसोतम पौडेललाई जिताएर यहाँको विकासलाई अगाडि बढाउने काममा यहाँका मतदाताहरु लाग्ने छ भनेमा आफू विश्वस्त रहेको अध्यक्ष ओलीले बताए ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष इश्वर पोखरेल, सचिव रघुवीर महासेठ, मधेश प्रदेश इन्चार्ज ज्वाला कुमारी साह, पचरौता नगरपालिकाका मेयर जलन्दर सिंह, मधेश प्रदेशका प्रदेश सांसद राजकुमार लेखी, नेता जयचन्द्र पटेललगायतले आ–आफ्नो विचार ब्यतm गरेका थिए ।