अपडेट 
२०८० बैशाख ८, शुक्रबार ०७:१९

सिरहाको मिर्चैया नगरपालिका घेराउ गर्न पुगेका स्थानीयवासी र प्रहरीबीच झडप भएको छ ।

बिहिबार पुनरबहालीलगायतको माग गर्दै स्थानीयले पालिका घेराउ गर्न पुग्दा झडप भएको थियो । अवस्था नियन्त्रणमा लिन प्रहरीले २७ राउण्ड हवाई फायर र ११ राउण्ड आश्रु ग्यास प्रहार गरेका थिए । प्रदर्शनकारीहरुले आफूहरूको माग नगर प्रमुख श्रवणकुमार यादवले पूरा नगरेको भन्दै प्रदर्शन गरिरहेका थिए । प्रदर्शनको समय प्रमुख यादव बाहिर नआएपछि प्रदर्शनकारीहरुले नगरपालिकाभित्र प्रवेश गर्न खोजेका थिए । प्रहरीले रोकेपछि स्थानीयले नगरपालिका कार्यालयमा ढुंगामुढा गर्न थालेपछि झडप भएको थियो । तनावग्रस्त भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन २७ राउन्ड हवाईफायर, ११ सेल अश्रु ग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए । उनका अनुसार झडपका क्रममा पाँच प्रहरी घाइते भएका छन् ।

प्रदर्शनकारीको ढुंगा प्रहारबाट मेयर श्रवण यादव चढ्ने गाडीको सीसा फुटेको छ । गत माघमा स्थानीय सरकारले बजार र वस्ती भत्काएका थिए । सोही ठाउँमा बस्न र व्यापार गर्न तत्काल व्यवस्था गरिनुपर्ने, घर भत्काउदा भएको क्षतिको मूल्यांकन गरी दिइनुपर्ने, जग्गाको लालपुर्जा दिइनुपर्ने, छानबिन गरी न्याय दिइनुपर्नेलगायत माग गर्दै स्थानीयले चैतदेखि संघर्ष समिति गठन गरी आन्दोलन गर्दै आएका छन् । मिर्चैया नगरपालिकाले साविक गा.वि.स रामनगर–२ (क) कित्ता नम्बर २५६ र २ (क) कित्ता नम्बर ६० को जग्गामा बनेका संरचना नेपाल सरकारको जग्गामा रहेको भन्दै करीब तीन दर्जन घर माघ २७, फागुन ११ र १९ गते तोडफोड गरी भत्काएको थिया ।

सडक विस्तारमात्र होइन, नगरपालिकाले सडकमै नपरेको बजार क्षेत्रको १७ घरधुरी बहाल बिटौरी, ऐलानी जग्गा भएको भन्दै भत्काइदिएको उनीहरूको दाबी छ । मिर्चैया बजारमा भत्काइएको ती घरमा व्यापारिक पसल सञ्चालित थिए । संघर्ष समितिले शुक्रबार पनि मिर्चैया बजार बन्द गरी पूर्व–पश्चिम राजमार्ग एक घण्टा बन्द गर्ने चेतावनी दिएको छ ।

Comment


Related News

Latest News

Trending News