अपडेट 
२०८० बैशाख ८, शुक्रबार ०७:२२

प्रादेशिक अस्पताल जनकपुरधामको आकस्मिक कक्षमा पार्किङ गरेको पाइएको छ ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको यस अस्पतालमा कार्यरत कर्मचारीहरु सो ठाउँमा पार्किङ गर्ने गरेका छन् । अस्पताल परिसरमै पार्किङको लागि पर्याप्त ठाउँ भए पनि राति खटिएका कर्मचारीहरु आकस्मिक कक्षमै पार्किङ गर्ने गरेका छन् । अस्पतालले पार्किङ व्यवस्थापन तथा रेखदेखकै लागि २० जना सुरक्षा गार्ड पनि राखेका छन् । ज ७ प ९७३ नम्बर प्लेटको मोटरसाइकल आकस्मिक कक्षको ढोका छेउमै पार्किङ गरिएको पाइएको छ । त्यस्तै, प्रदेश २–०२–००३ प ६७७९ नम्बरको एफजेड, ज११प६९८४ नम्बर प्लेटलगायत आधा दर्जन मोटरसाइकल पार्किङ भएको देखिन्छ । अस्पताल नै कुरुप देखिने गरी पार्किङ हुँदा व्यवस्थापन पक्षमाथि प्रश्न उठ्न थालेको छ ।

Comment


Related News

Latest News

Trending News