अपडेट 
२०८० बैशाख ८, शुक्रबार १६:३९

पछिल्लो २४ घण्टामा एक सय छ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक हजार आठ सय ८३ जनाको नमुना परीक्षण गर्दा एक सय छ जनामा कोरोना सङ्क्रमण देखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काेरोना भाइरसको सङ्क्रमणबाट एक जनाको ज्यान गएको छ । याेसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ हजार २६ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

यही अवधिमा ४६ जना सङ्क्रमित निको भएका छन् । अहिले कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय १४ जना पुगेको मन्त्रालयले जनाएकाे छ ।

Comment


Related News

Latest News

Trending News