
शुक्रबार साँझ चन्द्रमा देखिएपछि इस्लाम धर्माबलम्बीहरुले आज (शनिबार) महान चाड ईद–उल– फित्र मनाइ रहेका छन् ।
खाडी मुलुक सउदी, कतारलगायतका देशहरुमा शुक्रबार नै ईद पर्व मनाइए पनि इस्लामिक महिना रमजानको अन्तिम दिन अर्थात ईस्लामिक महिना सवाणको पहिलो चन्द्रमा शुक्रबार साँझ स्पष्ट देखिएपछि नेपाल, भारत, पाकिस्तान, बंगलादेशलगायतका मुलुकहरुमा शनिवार नै ईद पर्व मनाइने भएको मौलाना समसुदिन बरकातिले जानकारी दिए । यस वर्ष गत चैत १० गतेदे खि नेपाली मुस्लिम समुदायले रो जा शुरु गरेका थिए । ईदमा सबई( खानेकुरा), खीर तथा अन्य मिठो परिकार खानपान गरिन्छ । त्यस्तै,ईदको दिन दिन परिवारको हरेक सदस्यको लागि नयाँ लुगाकपडा खरिद गर्ने गरिन्छ ।
जनकपुरधाम उपमहानगरपलिकाका पूर्व मे यर तथा राजनीतिकर्मी असगर अलिले भने,‘ईदको नमाज पढ्नु पूर्व घरका प्रत्येक सदस्यको लागि नयाँ लुगाकपडा लगाउनु जरुरी छ तर गरीब, असहायलाई मुस्लिमहरुले जकातको रुपमा लत्ताकपडा तथा खानपानका लागि सामग्रीहरु सहयोग गरिदिने प्रावधान रहेको छ ।’ ईदको विहानै सम्पूर्ण मुस्लिमले नुहाइ पाकसाफ भइ नयाँ कपडामा नजिकका ईदगह चाडपर्वमा नमाज पढ्ने स्थानमा गइ नमाज पढ्ने गर्छन । ईदको नमाज पढ्नु भन्दा पूर्व रोजामा भएको कमीकमजोरी वा रोजालाई शुद्धिकरणका लागि प्रत्येक व्यतिm २ किलो ४५ ग्रामको दरले गहुँ परिवारका सबै सदस्यहरुले फित्रराको रुपमा वा त्यति बराबरको रकम अनिवार्य मदरसा तथा गरीबलाई दान गर्नुपर्ने प्रावधान रहेको छ ।