अपडेट 
२०८० बैशाख ९, शनिबार ०७:३३

जानकी नवमीको अवसरमा जनकपुरधाम उपमहानगरपालिका–२३ बसबिट्टीको हरेकृष्ण मन्दिरमा श्रीमद् भागवत कथाको आयोजना हुन लागेको छ ।

एक सातासम्म चल्ने भागवत कथाको वाचन भारतको वृन्दावन बरसानाका सन्त रामानुज दासले गर्ने जनाइएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार शनिबार कलश यात्राको आयोजना गरी श्रीमद् भागवत कथाको प्रारम्भ हुनेछ । बैशाख ९ गतेदेखि शुरु हुने कथा बैशाख १५ गते समापन हुने पत्रकार सम्मेलनमा नेपाल अन्तर्राष्ट्रिय बाल श्रीकृष्ण भावना अमृत संघका जनकपुरधामका सचिव रामेश्वरमले भागवत कथाको समापन कार्यक्रममा भगवान जगन्नाथको रथयात्राको आयोजना गरिनेछ । निर्धारित कार्यक्रम अनुसार सातासम्म बिहानदेखि बेलुकासम्म विभिन्न समयमा आरती र बन्दनाको कार्यक्रम रहेको छ ।

त्यसैगरी, सामूहिक महाप्रसाद ग्रहण तथा श्रीकृष्ण भगवानको आराधनाका लागि महामन्त्रको पाठ पनि गरिने जनाइएको छ । सो रथयात्रा बैशाखा १७ गते बसविट्टीको हरेकृष्ण मन्दिरबाट शुरु भइ भ्रमरपुरा चोक, पिडारीचोक, मिल्सएरिया, भानुचोक, जनकचोक, मुरलीचोक,भ्रमरपुराचोक हुँदै पुनः मन्दिरमा पुगेर समापन हुने उनले जानकारी दिए । जउनपा–२३ स्थित बसविट्टीको दुधमती पुल नजिकै दुई बिघाको क्षेत्रफलमा हरेकृष्ण मन्दिरको निर्माण भएको छ ।

Comment


Related News