अपडेट 
२०८० बैशाख ९, शनिबार १३:४६

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले पछिल्लो निर्वाचनपछि हाम्रो देशको संसदमा चाहे संघीय होस या प्रदेश सबैतिर त्रिशंकु संसद तयार भएको टिप्पणी गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७५औं स्थापना दिवसको अवसरमा जनकपुरधाममा आयोजित कार्यक्रममा सहभागी हुन आइपुगेका नेता खनालले जनकपुर विमानस्थलमा संचारकर्मीहरुसंगको कुरामा सो टिप्पणी गरेका छन् । ‘विभिन्न पार्टीहरुले गठजोर बनाउँदै सरकार बनाउने प्रक्रिया जारीरहेको छ । अहिले पनि सरकार बनाउने प्रक्रिया टुंगिएको छैन चाहे संघ सरकार होस या प्रदेशमा भन्नुस त्यो प्रक्रिया अहिले पनि जारी छ ।’,उनले भने । देशले राजनीतिक स्थिरता चाहेको बताउँदै उनले भने,‘राजनीतिक रुपले हामीले स्थिरता दिन सकेका छैनौ, संवैधानिक रुपले एउटा स्थिर बिन्दुमा आयो तर राजनीतिक रुपमा स्थिरतामा अझै पुगिसकेको छैन।’

मुलुकको विकास निर्माणका कुरामा आम जनताले चाहेका ईच्छ्याएका कुराहरुको पूर्ति गर्ने चुनौती अहिले खडा रहेको बताउँदै उनले भने देशमा राजनीतिक, आर्थिक,सामाजिकलगायतको विभिन्न क्षेत्रमा संकटहरु बढिरहेको प्रति चिन्ता व्यक्त गरे ।

नेता खनालले राष्ट्रियतामाथि समेत खतरा बढिरहेको चेतावनी दिँदै उनले यस्तो संवेदनशील समयमा सम्पूणर् वामपन्थीहरु एकजुट हुनु पर्ने भए पनि तर वामपन्थीहरु एकतावद्ध हुन नसक्नु दुर्भाग्यपूणर् रहेको उनले जिकिर गरे ।

Comment

Related News

Latest News

Trending News