२०८० बैशाख ९, शनिबार १६:०६

शनिवार देशभर ७८ जना कोभिड १९ का संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार गत २४ घन्टामा गरिएको ११४८ जनाको नमुना परीक्षणमा ७८ जना नयाँ संक्रमित भेटिएका हुन्। योसँगै नेपालमा कोभिडका सक्रिय संक्रमित ३८३ जना पुगेका छन्। हाल सक्रिय संक्रमितमध्ये  २५ जना संस्थागत आइसोलेशनमा, ७ जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचाररत छन्।

शनिबार नेपालमा एकजना कोभिड संक्रमितको मृत्यु भएको छ। उनी दमका रोगी हुन्। यस्तै आज ५० जना संक्रमित संक्रमण मुक्त भएका छन्।

Comment

Related News

Latest News

Trending News