अपडेट 
२०८० बैशाख ९, शनिबार १९:३९

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् ।

प्रदेशसभामा विश्वासको मत पाउन असफल भएसँगै उनी पदमुक्त भएका हुन् । यससँगै प्रदेश सरकार पनि गिरेको छ ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अधिकारीले विश्वासको मत लिनु परेको हो ।

उनलाई विश्वासको मत दिने पक्षमा ४ मत र विपक्षमा ३५ मत परेको थियो ।

Comment


Related News

Latest News

Trending News