अपडेट 
२०८० बैशाख १०, आईतवार ०७:००

आज हुने बाराको क्षेत्र नं.२ को उपनिर्वाचनमा ६५ वटा मतदान स्थल अति संवेदनशील रहेका छन् ।

बाराको क्षेत्र नं. २ मा हुन लागेको उपनिर्वाचनमा ८२ वटा मतदान स्थल तोकिएको छ । जसमध्ये ६५ वटा अति संवेदनशीलको सूचीमा रहेको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । उपनिर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन वर्गीकरणका आधारमा सुरक्षा व्यवस्था परिचालन गरिएको उनले बताए । उपनिर्वाचनका लागि बारामा दुई हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

निर्वाचनको दिन क्षेत्र नं.२ मा आधिकारिक बाहेक अन्य व्यक्तिहरूलाई प्रवेशमा रोक लगाइएको छ । सिम्रौनगढ, कोल्हबी, बारागढी, मटिअर्वा, कलैयालगायतका नाकामा प्रहरी परिचालन गरिएको र मतदानको दिन अन्य क्षेत्रका पैदल यात्रुसमेत प्रवेश हुन नपाउने गरी सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।बारा क्षेत्र नम्बर २ मा १ लाख ५ हजार २४८ मतदाता रहेका छन् ।

Comment


Related News

Latest News

Trending News