
जनकपुरधाम उपमहानगरपालिका –२० देवपुरा रुपैठाकी श्वेता झालाई आगो लगाउने प्रयास गरेको आरोपमा उनका श्रीमान राजीव झा पक्राउ परेका छन् ।
प्रहरीले उनलाई लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरेको छ । यही बैशाख २ गते श्वेतालाई दाइजोको कारण उनका ससुरा पक्षले आगो लगाएर हत्या गर्ने प्रयास गरेको आरोप छ । आगो लागेर घाइते भएकी श्वेताको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको माइती पक्षले तीन जनालाई विपक्षी बनाइ घरेलु हिंसा शीर्षकमा जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका छन् । सोही जाहेरीको अधारमा श्रीमान झालाई पक्राउ गरेका छन् भने अन्य दुई जना फरार छन् । विवाहको १० वर्ष वितिसक्दा पनि तीन तोला सुन अहिलेसम्म नदिएकाले विगतदेखि आफूलाई परिवारमा कुटपिट हुँदै आएको श्वेताको आरोप छ । सोही आरोपमा उनीमाथि ससुरा पक्षले पटकपटक यातना दिँदै आएको बताइन्छ । ससुरा पक्षले लगाएको आगोबाट उनको शरीरको ३० प्रतिशत भाग जलेको छ । राजीव र श्वेताका ९ वर्षका छोरा र ७ वर्षकी छोरी छन् ।