अपडेट 
२०८० बैशाख १०, आईतवार १४:५४

हप्ताको पहिलो दिन आज सुनको भाउ ९ सय रुपैयाँले घटेको छ ।

तोलामा आज सुनको भाउ ९ सय रुपैयाँले घटेर १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको पनि भाउ केही घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज १ हजार ४ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News