अपडेट 
२०८० बैशाख ११, सोमबार ०७:२९

महोत्तरीको सीमावर्ती नगरपालिका मटिहानी –६ स्थित जरहलवा टोलको घनाबस्तीमा आगलागी हुँदा आठ घर जलेर नष्ट भएको छ ।

प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार आइतबार दिउँसो स्थानीय गफार शेषको घरबाट लागेको आगो छिमेकी सतार शेष, सदरे शेष, अंसारुल मोमिन, इझारुल मोमिन, अतिम नदाफ, तालिम मोमिन र राजकिशोर मुखियाको घर खरानी भएको छ । प्रहरीको प्रारम्भिक अनुमानमा आगलागीबाट २० लाख मूल्य बराबरको क्षति भएको छ । आगोले घरलगायत भाँडावर्तन, अन्नपातसमेत खरानी पारेकाले आठ वटै परिवार विचल्लीमा परेका छन् । मटिहानी नगरपालिकामा बारुणयन्त्र नभएका कारण पनि समयमै आगो नियन्त्रण गर्न नसक्दा आगलागीले विकराल रुप लिएको स्थानीयले बताए । घट्नास्थल पुगेको सेना, सशस्त्र, प्रहरी टोली तथा जलेश्वर नगरपालिकाको बारुणयन्त्र र स्थानीयको प्रयासले २ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

Comment


Related News